IMG-LOGO

सिद्धार्थ एकेडेमीको ४१ औं वार्षिकोत्सव

 मंगल, फागुन २७, २०८१  --

 

     सिद्धार्थ एकेडेमी विद्यालय बनेपाको ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिबस कार्यक्रम शनिबार स्कुल प्राङ्गणमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्याब्सन केन्द्रिय उप–महासचिब भिमसेन केसीले कार्यक्रमको उद्घाटन गर्दै बिद्यालयको थप प्रगतिको कामना गर्नुभयो । विद्यालयका संस्थापक प्रधानाध्यापक ज्ञान बहादुर केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलले राख्नुभएको थियो । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेल, बनेपा नगर अध्यक्ष महेन्द्र विष्ट, विद्यालयका सल्लाहकार पुकार कर्णजित, शिक्षा सदन माविका प्रधानाध्यापक लक्ष्मण दाहाल लगायतले शुभकामना मन्तब्य राख्नुभयो । विद्यालयमा भएका विभिन्न अर्न्तक्रिया कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थी, शैक्षिक, खेलकुदमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल सुधिर न्यौपानेले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्