IMG-LOGO

सामाजिक संघ संस्थाको चेतनामुलक अभियान

 मंगल, असार १, २०७८  ---


कोरोनाको दोस्रो लहर पछी बनेपाका केही सक्रिय युवाहरु सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले “कोभिड-१९अवारनेस” समुह बनाई समाजमा कोभिड-१९ र यसबाट कसरी बच्न सकिन्छ भनेर जनचेतना जगाउने कार्य सुरु गरेका थिए । उक्त समुहले  सरोकारवालाहरु जस्तै डाक्टर, राजनितिज्ञ, पत्रकार, स्थानिय निकायका कर्मचारीहरु र अन्य सम्वन्धितहरुसँग अनलाईन प्लेटफर्म  मार्फत बैशाख २७ गतेबाट सुरु गरि ३० दिन दैनिक रुपमा अनतर्क्रिरया र छलफल गरे । अन्तरक्रिया र छलफलहरु विशेष गरेर कोभिड नियन्त्रण र महामारीमा अस्पताल र  नगरपालिका भूमिकाको विषयमा केन्द्रित रह्यो । बनेपामा रहेका सामाजिक संस्थाहरुको सहकार्यमा बनेपा नगरपालिकालाई कोभिडको दोश्रो लहरको सुरुवाती दिनमा नै कोरोना फैलिन नदिनको निमित्त उचित कदम चाल्न एउटा अपिल पत्र मार्फत अनुरोध गरे । जसको फलस्वरुप बनेपा नगरपालीका सिल गरियो र कोरोना फैलिनमा धेरै कमि आई स्थिति नियन्त्रणमा रह्यो । नगरपालीकाको यो कदम छिमेकी नगरपालीकाहरुले पनि अनुशरण गरे। अनलाईन कार्यक्रम मार्फत अस्पताल र सर्वसाधारणले एक अर्कालाई चिन्ने मौका मिल्यो र सम्वन्ध गाँस्ने मौका पायो । यो समुहले केही रकम जम्मा पारी शिर मेमोरियल अस्पतालमा स्वास्थय सामग्री किनेर हस्तानतरण गरे । साथै व्यापारी, व्यवसायी तथा अन्य सरोकारवालाहरुलाई अस्पताललाई सहयोग गर्न आह्वान पनि गरे। यहि फोरम मार्फत बनेपा नगरपालीकाको अधिकारीहरुलाई कोभिडको सहज र सिघ्र परिक्षणको लागि एऋच् टेस्ट मेसिन स्थापना गर्नको लागि पनि अनुरोध गरेका थिए । समुहले बिपन्न बर्गलाई पनि केही राहत सामग्री बाढेका थिए । शिर मेमोरियल अस्पातलमा अक्सिजन प्लान्ट, सर्वसाधारण विरामीको सहजताको लागि लिफ्ट र विरामीको सहजताको लागि समग्र नगरबासीलाई अपिल गरेका छन। शिर मेमोरियलमा रहेका कोरोना विरामीहरुलाई पौष्टिक खानाको लागि यहि समूह मार्फत अपिल गरियो, जसको फलस्वरुप शिर मेमोरियल हस्पिटलका बिरामीहरुलाई दिनहु, बिभिन्न संघमा आवद्ध सदस्यहरुले खाना खुवाउने कार्य भईरहेको छ । हाल बनेपा र नेपालभर नै चेतनामुलक जागरण अभियान सञ्चालन गरेका छन् । चेतनामुलक कार्यक्रमका अभियान्ता सुरज श्रेष्ठले काभ्रे टाइम्सलाई जानकारी दिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्