IMG-LOGO

नेपाली कांग्रेस बनेपा नगर समितिले बाँड्यो विपन्नलाई राहत

 मंगल, असार १, २०७८  ---


नेपाली कांग्रेस बनेपा नगर समितिले बनेपा नगरपालिकाका १४ वटै वडामा विपन्न घर परिवारलाई खाद्यय सामग्री वितरण गरेको छ । कोभिड -१९ प्रकोपको कारण समस्यामा परेका दैनिक गुजारा गर्न कठिन भएका विपन्न  परिवारलाई खाद्यय सामग्री उपलब्ध गराएको नेपाली कांग्रेस बनेपा नगरसमिति सचिव, कोरोना अनुगमन तथा फूड बैँकका संयोजक महेश कुमार कर्माचार्यले बताए ।
    नेपाली कांग्रेस बनेपा नगरको १४ वटा नै इकाई समितिको सिफारिसमा विपन्न वर्ग, दैनिक मजदुरी गरी जीवन गुजारा गर्ने ७ सय ५० जनालाई राहत सामग्री वितरण गरेको नेपाली कांग्रेस बनेपा नगर समिति सचिव निलकमल शाहीले बताए । राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति राम जोशी, उपसभापति इश्वरी वादे, कोषध्यक्ष अमन पोटे, ८ नं. वडा इकाई सभापति धर्म मानन्धर लगायतले सहयोग पुर्‍याएको नेपाली कांग्रेस बनेपा नगरसमितिले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्