IMG-LOGO

लायन्स क्लब अफ काठमाण्डौँ रक्तदाता समुहबाट बलरामलाई ह्वील चेयर प्रदान

 मंगल, फागुन १३, २०८१  ---

 

       लायन्स इन्टरनेशनल ३२५ आइ अर्न्तगत लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहले करेन्ट लागेर घाइते भएका सुर्खेतका बालाराम शर्मालाई ह्वील चेयर प्रदान गरेको छ । सुर्खेत जिल्ला भेरिगंगा नगरपालिका स्थायी बसोवास भएका शर्मा गत माघ २१ गते करेन्ट लागि सुर्खेत प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । घाइते शर्मालाई हाल थप उपचारका लागि काठमाडौस्थित केएमसी अस्पतालमा भर्ना गराईएको छ । उपचाररत शर्माको आर्थिक अवस्था नाजुक भएको हुनाले लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहका संस्थापक अध्यक्ष लायन केदारप्रसाद न्यौपानेको पहलमा आर्थिक सहयोग जुटाई उपचार खर्च साथै ह्वील चेयर समेत प्रदान गरिएको हो ।

       लायन्स इन्टरनेशनल ३२५ आइ का विभिन्न पदाधिकारीहरु डिष्ट्रिक गर्भनर इलेक्ट लायन पार्वती खरेल पाण्डे, डिष्ट्रिक एक्जुकेटिभ लायन चोला प्रसाद पाण्डे, ग्लोवल कजेज चेयरपर्सन लायन केदारप्रसाद न्यौपाने, जोन चेयर पर्सन लायन चक्रबहादुर न्यौपाने, लायन्स क्लव अफ परोपकारका अध्यक्ष लायन नवराज पाण्डे,  रक्तदाता समुहका सचिव लायन विनय त्रिपाठी साथै समाजसेवी गीता विष्ट लगायतको उपस्थितिमा अस्पतालमै गएर ह्वील चेयर वितरण गरिएको रक्तदाता समुहका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्