IMG-LOGO

विपन्न परिवारलाई निःशुल्क खाना

 मंगल, असार १, २०७८  ----


    महिला सहारा केन्द्रकी अध्यक्ष विना दाहाल, समाज सेवामा सक्रिय रहेका प्रेम लम्सालको सहयोगमा विपन्न परिवारलाई निःशुल्क खाना खुवाउने कार्य गरेको छ । काठमाण्डौँ महानगरपालिका वडा नं १४ कलंकी अगाडि जेठ ८ गते देखि निःशुल्क खाना खुवाउने कार्य गरिएको छ । कोभिड-१९ प्रकोपको कारण वेरोजगार भए विपन्न परिवार, ज्याला मजदुरी गरी जीवन यापन गर्नेहरु, कोठा भाडामा बस्ने अति विपन्नहरुलाई दैनिक १ सय जनालाई निःशुल्क खाना खुवाउने कार्य गरिएको प्रेम लम्सालले बताए । काठमाण्डौको सानेपा, स्वंभु, वाफल र सितापाइलाका अति विपन्न वर्गलाई खानाको प्याकिङ गरी घरघरमा पुर्‍याउने गरिएको छ । ५ देखि ७ जनाको परिवार भएका गरिव विपन्नलाई दाल २ के.जी., चामल १० के.जी., तेल १ लिटर र नुन दिइएको जनाएको छ । उक्त निःशुल्क खाना खुवाउने कार्यमा अम्वीका केसी, कृष्ण मुरारी खतिवडा, एलिसा सुवेदी, लक्ष्मी शाहा (तेली) राजुराम खकुरेल र शिव कार्कीले सहयोग पुर्‍याएको जनाएको छ ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्