IMG-LOGO

बनेपामा अत्यावश्यक बाहेक सबैमा रोक

 मंगल, जेठ १८, २०७८  ----

बनेपा नगरपालिकाले कोभिड-१९ संक्रमण जोखिमका अवस्थामा अत्यावश्यक बाहेक पेशा व्यवसाय सञ्चालनमा रोक लगाएको छ । आइतबार बसेको सरोकारवालाको छलफल र नगरप्रमुख लक्ष्मी नरसिंह बादेको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले जेठ १८ गते विहिबार देखि २४ गते सम्म लागु हुने गरी अत्यवश्यक बाहेकका सेवामा रोक लगाएको छ । 
    प्रत्येक दिन विहान ६ बजे देखि १० बजेसम्म खाध्यान्न, तरकारी, दुग्धजन्य पदार्थ, फलफुल, ग्याँस पसल, खानेपानी आपूर्ति व्यवसाय, दाना तथा चल्लाको आपूर्ति गर्ने अत्यावश्यक व्यवसाय नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाइने छ । बैक तथा वित्तिय संस्थाहरुको हकमा आलोपालो सेवा प्रणालीको आधारण्मा अत्यावश्यक सेवामा मात्र गर्ने विमा र सहकारी संस्थाहरुको हकमा तोकिएको समय सम्म सञ्चालन नगर्ने नगर पालिकाले गरी गरेको प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्