लियो क्लब अफ काठमान्डौ टेम्पल पिस काभ्रेको साधारण सभा अनलाईन प्रविधि जुम मार्पmत नै सम्पन्न भएको छ । जेठ १२ गते बार्षिक साधारणसभाबाट लायन्स क्लब अफ काठमान्डौ टेम्पल पिस काभ्रेका संस्थापक अध्यक्ष लायन पवन कुमार थापा, बर्ष २०र२१ का अध्यक्ष लायन श्याम थापा लगाएत लायन्स क्लबका अन्य पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।
त्यस्तै गरि लियो जिल्ला परिषद ३२५ बी १, नेपालका बर्ष २०२१र२२ का जिल्ला अध्यक्ष लियो प्रकाश थापा क्षेत्री, उपाध्यक्ष लियो योगेश गौतम, जिल्लाका जन सम्पर्क अधिकृत लियो सुदाम लामिछाने, जिल्ला व्यवस्थापक लियो मनिस अर्याल लगाएत अन्य पदाधिकारीहरु, लियो जिल्ला परिषद ३२५ बी १, नेपालका क्षेत्र नम्वर ८ का क्षेत्रीय संयोजक लियो सन्तोष ढकाल तथा अन्य लियो क्लबका अध्यक्षहरु समेतको उपस्थिती रहेको थियो ।
साधारण सभा बाट निर्बिरोध रुपमा लियो सुरज न्यौपाने बर्ष २०२१र२२ का लागि अध्यक्ष पदमा चुनिएका छन् । उपाध्यक्ष लियो सुस्मिता सापकोटा, सचिव लियो तेजश्री बस्नेत, कोषाध्यक्ष लियो प्रदिप हुमाँगाई लगाएतको नयाँ कार्यसमिती बनेको छ ।
