IMG-LOGO

महाभारत गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन

 मंगल, जेठ १८, २०७८  ---

    काभ्रे जिल्लाको दुरदराजमा रहेको महाभारत गाउँपालिकामा अस्थायी कोभिड अस्पताल  सञ्चालनमा आएको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारको लागि गाउँपालिकाको घरतीछापमा स्थापना गरेको कोभिड अस्पतालमा १० वेडको आइसोलेसन कक्ष, ५ वटा अक्सिजन सिलिण्डर, ३ वटा अक्सिजन कन्सनटे्रटर सुविधा रहेको महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बाले जानकारी दिनुभयो । अस्थायी कोभिड अस्पतालका लागि डाक्टर एक जना, स्टाफ नर्स दुईजना, ल्याव असिस्टेन्ट १ जना, अहेब २ जना, अनमी ३ जना, कास २ जना गरी १२ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रवाह गरेको जनाएको छ । 
    कोभिड-१९ उपचार निःशुल्क गरिने गाउँपालिका अध्यक्ष जिम्बाले जनाउनु भयो ।  घरतीछाप स्वास्थ्य चौकीमा स्थापना गरेको कोभिड-१९ अस्पतालमा ५ जना विरामी उपचारको लागि भर्ना भएको ३ जना उपचार पछि घर फर्केको गाउँपालिकाका निमित्त प्रमुुख प्रशासकीय अधिकृत हरि सिं विस्टले बताउनुभयो । गाउँपालिकामा हाल सम्म ५३ जना कोरोना संक्रमित मध्ये १३ जना निको भइ घर फर्केका छन् । गाउँपालिकामा हाल ५ वडामा स्वास्थ्य चौकी, ६ वटा वडामा स्वास्थ्य केन्द्र र एक सामुदायिक स्वास्थ्य इकाई गरी १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्