IMG-LOGO

अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर

 मंगल, जेठ १८, २०७८  रमेश प्रसाद न्यौपाने


    यसैगरी हिजो एक कार्यक्रमबीच  जिल्ला विपद व्यवस्थापन समितिलाई प्रारम्भ र आनीछोइङ फउण्डेशनले भेन्टीलेटर सहित स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेललाई हस्तान्तरण गरेका छ  । उक्त स्वास्थ्य सामग्री धुलिखेल अस्पताललाई प्रदान गरिएको हो । प्ररम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशन एवं सिङ्गापुर रेडक्रसद्धारा जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति काभ्रे मार्फत जिल्लमा सञ्चालित अस्पतालहरुलाई स्वास्थ्य उपकरण र पिपिई सामग्री हिजो एक कार्यक्रम बीच हस्तान्तरण गरियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, चर्चित गायीका आनी छोइङ्ग डोल्मा र प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सिङ्गपुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले धुलिखेल अस्पतालका प्रमुख प्रशासकीय निर्देशक डा. रमेश माकजु, डा.दिपक श्रेष्ठलाई भेन्टीलेटर एक थान, पिपिई २० थना र अक्सिजन कन्सन्ट्रेन्टर २ थान संयुक्त रुपमा हस्तान्तरण गरे । त्यसैगरी सोही कार्यक्रममा शिरमेमोरियल अस्पताल बनेपाका डा. अरुण गुप्ता, निमित्त प्रमुख कार्यकारी निर्देशक सुन्दर थापालाई भेन्टीलेटर एक थान, पिपिई २० थान, अक्सिजन कन्सन्टे्रटर २ थान हस्तान्तरण गरियो । यसैगरी सोही कार्यक्रममा मेथिनकोट अस्पताल नमोबुद्धका लागि अस्पतालका अध्यक्ष कृष्ण खनाललाई अक्सिजन कन्सन्टे्रटर २ थान, पिपिई सेट २० थान प्रदान गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्