IMG-LOGO

बुडोल साकोसको सञ्चालन मुनाफा ५ करोड ६२ लाख

 मंगल, असोज २२, २०८१  ---

       काभ्रे । काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रही समुदायमा आधारित रहेर सदस्यको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा निरन्तर सेवारत बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

       संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा पाँचखाल, नाला, धुलिखेल र बनेपा एकाइमा क्रमशः मिति २०८१ असोज १४, १५, १६ र १७ गते एकाइ बैठक सम्पन्न गरी असोज १९गते सबै एकाइबाट छनौट भएका प्रतिनिधिहरूको उपस्थितिमा एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो ।

       संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा होटल उग्रचण्डी, बनेपामा सम्पन्न सो कार्यक्रम संस्थाका सचिव जयराम थापाले सञ्चालन गर्नुभएको थियो । चार वटै एकाइबाट छनौट भएर आउनु भएका एकाइ प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूको साथमा शनिबार निर्णय प्रमाणित गर्न चयन भएका निर्णयकर्ताहरूले सभामा आ–आफ्नो एकाइको निर्णय पुस्तिका र अन्तिम निर्णय पुस्तिकामा हस्ताक्षर गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

       संस्थाको आर्थिक वर्ष २०८०।०८१ को अन्त्य सम्ममा संस्थाको कुल सम्पत्ति २ अर्ब ७६ लाख ८२ हजार १ सय ११ रुपैयाँ, कुल बचत १ अर्ब ५८ करोड ५ लाख ३३ हजार ३५८ रुपैयाँ, शेयर पुँजी १६ करोड, ५७ लाख ७६ हजार ७ सय रुपैयाँ, संस्थागत पूँजी १६ करोड ६२ लाख, ५ हजार ५७८ रुपैयाँ रहेको छ ।  संस्थाले आ.व. ०८०÷८१ मा सञ्चालन मुनाफा ५ करोड ६२ लाख ८१ हजार ५२ रुपैयाँ आर्जन गरेको छ ।

       साथै साधारण सभाले सदस्यहरुलाई १० प्रतिशतका दरले शेयर सदस्यलाई १० प्रतिशत लाभांश वितरण गर्ने र संरक्षित पुँजीफिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई  २.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई २.५ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

       साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि अध्यक्षमा पुनः कैलाश के.सी.को अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश भुर्तेल, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम के.सी., सह–सचिवमा गीताकुँवर क्षेत्री, सह–कोषाध्यक्षमा राधाकृष्ण श्रेष्ठ, सञ्चालक सदस्यहरुमा हरिराम कुइकेल, गायत्री खड्का, भवानी के.सी, सुनितामल्ल ठकुरी, अर्मेसा लामा चयन हुनुभएको छ । सभाले लेखा सुपरिवेक्षण समितिमा पूर्णबहादुर कार्कीको संयोजकत्वमा सदस्यहरुमा शर्मिला नेपाल र दिपक के.सी.लाई निर्विरोध चयन गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्