IMG-LOGO

आर्थिक विकास भित्र साकोसको मुनाफा ४ करोड ३५ लाख ६१ हजार

 मंगल, असोज ८, २०८१  ---

 

          पाँचखाल, आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिको १८ औँ बार्षिक साधारण सभा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्नभयो । संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्वमा सम्पन्न भयो । उपाध्यक्ष राजन कार्कीले स्वागत मन्तव्य दिनु भएको कार्यक्तममा संस्थाका सचिव रामप्रसाद कोइरालाले प्रगति प्रतिवेदन र भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष दामोदर ढकालले आ.व. ०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा संयोजक बद्रिप्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १० हजार ५ सय ८७ शेयर सदस्यबाट ९ करोड ८५ लाख शेयर पूँजी संकलन भएको कुरा प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले बताउनुभयो । ७७ करोड ६३ लाख २३ हजार ६५ बचत संकलन, ९१ करोड ३ लाख ९३ हजार ७४ ऋण परिचालन, १ अर्ब ३ करोड ८७ लाख १० हजार ५ सय  ५८ कुल कारोबार गरेको बनेपा सेवा केन्द्र प्रमुख प्रभुराम कोइरालाले बताउनुभयो । कुन्ता सेवा केन्द्र प्रमुख सन्तोष अधिकारीका अनुसार संस्थाको जगेडा कोष ११ करोड ८ लाख ७६ हजार ३ सय २७ रहेको जनाउनुभयो । मण्डनदेउपुर नगरपालिका, कुन्ताबेसी र बनेपा सेवा केन्द्रबाट शेयर सदस्यहरुलाई आर्थिक करोबारको सेवा प्रवाह गर्दै आएको छ । १ रोपनी जग्गामा निर्मित भवनबाट शेयर सदस्यहरुलाई सेवा प्रवाह गरेको संस्थाले जनाएको छ । संस्थाको अवितरित मुनाफा ४ करोड ३५ लाख ६१ हजार २ सय ५ रहेको छ । बाल बचतकर्ताहरुलाई जन्म दिनको उपहार प्रदान , क्भ्भ्  परिक्षामा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान, ७० वर्ष भन्दा माथि उमेरका लागि १ सय २१ जनालाई तातापानी तिर्थयात्रा, सफल युवा व्यवसायी समेत सम्मान गरिएको छ । कार्यक्रममा पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवार, जिल्ला समन्वय समिति काभ्रेको प्रवक्ता अप्सरा ढुङ्गाना, पाँचखाल वडा नं. ४ अध्यक्ष सुन्दर तामाङ, वडा नं. ५ अध्यक्ष सिता लामा, वडा नं. ९ अध्यक्ष रामकाजी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा सभापति रघुनाथ हुमागाई, रेडियो एविसीका अध्यक्ष एवं काभ्रेटाइम्सका  कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने संस्थाका संस्थापक अध्यक्ष इश्वरीराज कुमार मैनाली लगायतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्