IMG-LOGO

शी लिड्स आइकनमा काभ्रेका दुई जनप्रतिनिधि

 मंगल, असोज ८, २०८१  पब्लिक भोटिङ असोज १५ सम्म

           शी लिड्स आयकनमा काभ्रेपलाञ्चोक जिल्लाकादुई जनप्रतिनिधि छनौट हुनु भएको छ । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना शी लिड्स आइकन प्रतियोगीतामा उत्कृष्ट २७ मा पर्न सफल हुनुभएको छ । देशभरीबाट १ सय २८ जना महिला जनप्रतिनिधि मध्ये काभ्रेपलाञ्चोकबाट २ जना मात्रै छनौट हुनु भएको हो । महिला शसक्तिकरण, उद्यमशिलताको विकास, नीति निर्माण, न्याय, उत्तरदायित्व, जवाफदेहिता, महिला स्वास्थ्यको सवाललाई समेटीएको जनाएको छ । उत्कृष्ट २७ मा पर्न सफल भएपछि दुबै जनप्रतिनिधिले उत्कृष्ट ३ मा पुग्न भोटीङका लागि हार्दिक अपिल गर्नु भएको छ । बनेपा नगर उपप्रमुख सापकोटा दाहालको भोटिङ आइडी १६ रहेको छ । उहाँले आफू निर्वाचित भएपछि आर्थिक रुपमा कमजोर भएकाहरुको न्यायिक सहयोग कोष स्थापना, महिला नेतृत्व विकास,दलित, अल्पसंख्यक, सिमाङ्ककृत, बालबालिकाको न्यायीक पहुँच, सुरक्षित मातृत्व, उच्च शिक्षामा दलितलाई छात्रवृत्ति प्रदान गरेको बताउनुभयो । बेथानचोक गाउँपालिकाको उपाध्यक्ष ताराराना तिमल्सिनाको भोटीङ आइडी १५ हो । लैङ्गिक र वर्गीय भेदभावलाई न्यूनिकरण, निम्न वर्गीय, एकल महिला कृषकहरुलाई भैँसी वितरण र व्यवसायिक तथा आय आर्जनमा वृद्धि गर्न सुन्तला, कागती, किवी जस्ता फलफुल वितरण गरेको उपाध्यक्ष राना तिमल्सिनाले बताउनुभयो । पब्लीक भोटिङको लागि आगामी असोज १५ गते सम्म म्याद रहेको बताईएको छ भने उक्त दिन टप थ्री छनौट हुनेछ र अन्तिम नतिजा आगामी मंसिर भित्र आउने आयोजक समितिले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्