IMG-LOGO

राइजीङ स्टार एशोसियसनको डान्स प्रतियोगीता

 मंगल, असोज ८, २०८१  ---

          बनेपा स्टार एशोसिएसन काभ्रले डान्स स्टार कार्यक्रम आयोजना गरेको छ । एशोसिएसनमा अध्यक्ष जुनु मानन्धर, उपाध्यक्ष अनिता प्रजापति, सचिव सविना कारंजित प्रजापति, कोषाध्यक्ष गिता शिल्पकार र सदस्य नविना श्रेष्ठ रहेका छन् । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १२ वटा विद्यालयका १ सय ५० जना भन्दा धेरै बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

          कार्यक्रमलाई प्याब्सन काभ्रेले समन्वय र सहकार्य गरेको थियो । कक्षा नर्सरी देखि युकेजीसम्मका बालबालिकाहरुले डान्स स्टारमा सहभागिता जनाएका थिए । बालबालिकाहरुले विद्यालयमा गरिरहेको प्रतिभा तथा प्रस्तुतीलाई समुहमा र अन्य विद्यालय तथा अभिभावकहरुका बीच प्रस्तुतीले बालबालिकाहरुको आफूमा भएको सृजनालाई उजगार गर्दा थप मजवुद हुने कुरा उपाध्यक्ष अनिता प्रजापतिले बताउनुभयो ।

          कार्यक्रममा अध्यक्ष जुनु मानन्धरले धन्यवाद र सचिव सविना कारंजित प्रजापतिले स्वागत गर्नुभएको थियो । सहभागि बालबालिकाहरु सबै विजयी हुने गरी आयोजना गरिएको कार्यक्रमले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा थप मद्दत पुग्ने सचिव सविना कारंजितले बताउनुभयो । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा अभिभावकहरुका बाक्लो उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्