२०८१ असोज ४ गते देखि प्रारम्भ भएको बनेपा महोत्सव १९ गते समापन हुँदै छ । बनेपा ब्वाइज क्लबको आयोजनामा ५ औँ संस्करण सांस्कृतिक कार्यक्रम खेलकुद प्रतियोगीता, मेला महोत्सवले रौनकता छाएको कुरा आयोजक समितिका मुख्य संयोजक पारशमणी कायष्ठले बताउनुभयो । मिडिया संयोजक कौशलराज खड्काका अनुसार ५ औँ दिनको आकर्षणमा चर्चीत कलाकार सहिमा श्रेष्ठ, रमेश मेलाडी, जादुगर गणेश केसी, मदन विष्ट, सुप्रीया तामाङ तथा साथमा दिलशा डान्स ग्रुपको बेजोड प्रस्तुती रहेको बताउनुभयो । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै बनेपा ब्वाईज क्लवका अध्यक्ष महेश कुमार कर्माचार्यले खेलकुद क्षेत्रको गुणस्तरीय विकास, सांस्कृतिक सम्पदाको जगेर्ना गरेको बताउनुभयो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय सचित खड्का र मनिशा श्रेष्ठले गर्नुभएको थियो ।
