IMG-LOGO

कृषि विकास कार्यालयको समिक्षा तथा कार्यक्रम सार्वजनिकिकरण

 मंगल, असोज १, २०८१  – पवन कुमार भुजेल

               कृषि विकास कार्यालय धुलिखेलले आ.व. २०८०÷०८१ को समिक्षा तथा २०८१÷०८२ को वार्षिक कार्यक्रम सार्वजनिकिकरण कार्यक्रम सोमबार जि.स.स. हलमा सम्पन्न गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छि विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कृषि विकास कार्यालय धुलिखेल प्रमुख कुलप्रसाद दवाडीले समग्र जिल्लाको कृषि क्षेत्रको अवस्थाको बारेमा प्रस्तुतीकरण राख्नुभयो । व्यवसायिक तरकारी खेती प्रवर्धन, धान बाली, किवी, मकै बाली, मसला बाली, सयपत्री फुल खेती, यान्त्रीकरण तथा प्रविधि प्रवर्धन कार्यक्रममा भएका उपलब्धिको बारेमा उहाँले जानकारी दिनुभएको थियो । त्यसै गरी पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. निशान्त शर्मा गेलालले पशु सेवा कार्यालयको उपलब्धि चुनौती र भावि योजनाका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँका अनुसार जीवन स्तरमा सुधारका कार्यक्रम, पशुपालनमा असल अभ्यास प्रवर्धन गर्ने, कृषकहरुको व्यवसायीकता विकास, पशु आहारा व्यवस्थापन गर्ने कार्यालयको उद्देश्य रहेको छ । बागवानी विकास केन्द्र पाचखालका प्रमुख विष्णु बोगटीले समेत कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । जि.स.स. प्रमुख दिपक कुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख रिमबहादुर तामाङ, नगरप्रमुखहरु, उपप्रमुखहरु, गाउँपालिका अध्यक्षहरु, उपाध्यक्षहरु, सहायक प्रमुख प्रजिअ सुवास पौडेल, जिल्ला समन्वय अधिकारी पिताम्बर पाण्डे लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कृषि प्रसार अधिकृत अमृता पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन कृषि प्रसार अधिकृत विवेकानन्द महतले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्