IMG-LOGO

बालबालिकाको सम्मान बालबालिकालाई नै

 मंगल, असोज १, २०८१  ---

               बनेपा÷६० औं बाल दिवसको अवसर पारेर बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । कक्षा ४ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा तीन सम्मका बालबालिकालाई सम्मान गरेका थिए ।

               ‘शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि’ भन्ने मूल नारा बोक्दै ‘नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई’ आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ २८ गते शुक्रबार बाल दिवसको अवसर पारेर सम्मान कार्यक्रममा विद्यालय प्रशासन, अभिभावकले समेत सम्मान गर्नु भएको थियो । .

               विगतका बर्षहरुमा जस्तै यो बर्षको सम्मान कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो . ‘‘बाल मैत्री शासन,बाल अधिकारको सम्मान’’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा कक्षा प्ले ग्रुप देखि कक्षा तीन सम्मका ५०० भन्दा धेरै बालबालिकालाई पूजा गर्दै विभिन्न सामग्री उपहार स्वरुप वितरण गरिएको थियो । विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रमको अलवा व्यावहारिक तथा सामाजिक उत्तरदायित्व बोध गराउने ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो ।

               विद्यालयका बालबालिकाहरुलाई समान रुपमा पूजा गर्दै उपहार प्रदान गरिएको हो । कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक, शिक्षिकाहरुका साथै कक्षा ४ देखि १० का विद्यार्थीहरुले स–साना नानी÷बाबुहरुलाई उपहार प्रदान गरेका थिए । स–साना नानी÷बाबुहरुले कापी, कलम (स्टेशनरी) फलफूल, खाजा, चङ्गा तथा अन्य उपहार पाउँदा खुसी हुनु भएको थियो । अभिभावकहरुले यस प्रकारका कार्यक्रमहरुबाट विद्यालय जीवन देखि कला, संस्कृति र सामाजिक कार्यको जगेर्नाका साथै व्यावहारिक शिक्षामा पनि सकारात्मक सन्देश गएको कुरा विद्यालयका सहायक क्याम्पस प्रमुख नवराज चौलागाइले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्