IMG-LOGO

पिपुल्स साकोसको जगेडा कोष १ करोड ६८ लाख

 मंगल, असोज १, २०८१  ---

 

 

               पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा शनिबार बनेपा पार्टी भेन्युमा सम्पन्न भएको छ । कार्यक्रलाई समुद्घाटन गर्दै प्रमुख अतिथि वागमती प्रदेशसभा सदस्य कन्चन चन्द्र बादेले  सहकारीका विषयमा राजनीतिक नेता देखी सहकारीका नेताहरु सम्मको विभिन्न समाचारहरु आईरहेको हुदाँ सहकारी छानबिन समितिले काम गरिरहेको भन्दै आफूले अहिले केही बोल्न नमिल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिबेदन सचिब देबेन्द्र श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक रजिब श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । संस्थाको कुल शेयर पुजीं २ करोड ९३ लाख ८५ हजार, निक्षेप संकलन २७ करोड ४६ लाख ९९ हजार, ऋण लगानी २३ करोड ४ लाख ९३ हजार, जगेडा कोष १ करोड ६८ लाख २२ हजार रहेको  बताइएको छ । उत्कृष्ट बचत कर्ता, उत्कृष्ष्ट ऋणी सम्मान, एस ई ई विद्यार्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निशुल्क सदस्यता वितरण गरेको संस्थाको उक्त कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापा, जिल्ला सहकारी संघ लि का अध्यक्ष अमन पोटे, जिल्ला बचत सघंका सह सचिब विकास बादे, राष्ट्रिय सहकारी बैक बनेपा शाखाका अध्यक्ष उपेन्द्र दाहाल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पवन राज कर्णजितले राख्नुभएको थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्