पनौती, शहिद कृष्णप्रसाद सापकोटा र सिंहविर तामाङको २२ औं स्मृति सभा सम्पन्न गरेको छ । नेकपा एमाले पनौती नगरपालिका १ नम्बर वडा कमिटीले रयाले स्थित शहिद पार्कमा स्मृति सभा गरेको हो । स्मृति सभामा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जारा, एमाले काभ्रेका उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, उप–सचिव सुर्यमाया दनुवार, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई लगायत कार्यकर्ताहरु र लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको थियो ।
सापकोटा नेकपा एमालेको तर्फबाट २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तत्कालिन रयाले गा.वि.स.का जननिर्वाचित गा.वि.स अध्यक्ष थिए भने तामाङ नेकपा एमालेका सदस्य थिए । कार्यक्रममा सापकोटा र तामाङले सामाजिक विकासमा पु¥याएको योगदानको बारेमा चर्चा गरिएको थियो ।
