IMG-LOGO

पनौती नगरपालिका बालश्रम मुक्त नगर घोषणा

 मंगल, असोज १, २०८१  ---

 

               पनौती नगरपालिका बालश्रम मुक्त नगर घोषणा भएको छ । शनिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा ले पनौती नगरले सम्पूर्ण सूचक पुरा गरी बालश्रम मुक्त नगर घोषणा भएकोमा शुभकामना व्यक्त गर्दै प्रदेशलाई नै बालमैत्री र बालश्रममुक्त बनाउन कार्य गरिरहेको बताउनुभयो । उहाँले प्रदेशभरका १ सय १९ वटै स्थानीय तहलाई बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले विभिन्न नीति र कार्यक्रम ल्याउने उल्लेख गर्दै पनौती–खोपासी सडकलाई बहुबर्सिय बनाएर यो पटक पनि बजेट बिनियोजन गरेर सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कन्चनचन्द्र वादे, तिर्थ लामा, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का राष्ट्रिय निर्देशक नुमान ओजकानले नगरपालिकाले प्रतिवद्धता गरेको १ बर्षमा बालश्रममुक्त घोषणा हुन सफल भएकोमा खुशी व्यक्त गर्दै यसको दिगोपनाको लागि सबै सरोकारवालाको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता वन्जाराले सबैको सहयोगबाट घोषणा गर्न सम्भव भएको भन्दै यसलाई निरन्तरता दिइने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जारा लगायत नगरवासिहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्