जनतेल वि.पि. कोइरालाको ११ आँै जन्म जयन्ती प्रजातान्त्रिक विचार समाज काभ्रेका अध्यक्ष डा. श्याम भट्टराईको सभापतित्वमा बैद्ध बृद्धाश्रम बनेपामा बृक्षरोपण गरी सम्पन्न भयो । सो समयमा उक्त आश्रममा रहनु भएका नौ जना आमा बालाई फलफुल मिठाइ आदि विचार समाजका आजीवन सदस्य माया हुद्धराज तिमिल्सिना, कृष्ण प्यारी नकर्मी, गुमानसिं तामाङ, रघुनाथ घिमिरे, चुडाप्रसाद चौलागाई लगायत महानुभावले वितरण गर्नु भएको थियो । यस क्रममा बौद्ध बृद्धाश्रम बनेपाका बारेमा जानकारी व्यवस्थापक दैवज्ञराज कायस्थले दिनुभएको थियो भने विचार समाजका सल्लाहकार चुडाप्रसाद चौलागाईले समसामयिक विषयमा आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रमका सभापति भट्टराईले दिन दुखीको मुहारमा खुसी ल्याएको दिन फुल र खादाको औचित्य पुष्टि हुने वि.पी कोइरालाको भनाइलाई स्मरण गर्नु भएको थियो ।
