IMG-LOGO

चौंरीदेउरालीमा युवाहरुद्वारा कोभिड विरुद्ध स्वयंसेवक दस्ता निर्माण

 मंगल, जेठ ४, २०७८  ---


    काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका युवाहरुले ‘एन्टी कोभिड भोलेन्टीयर टीम’ निर्माण गरेको छ  । गाउँपालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय युवा अञ्जीत गौतम र अन्य युवाहरुको सक्रियतामा यो टीम निर्माण गरेको हो  । गाऊँ गाऊँमा कोरोना संक्रमितहरू बढेको अवस्थामा यो टिमले गाऊँपालिकाको प्रत्यक्ष मातहतमा रही आफ्नो गतिविधि गर्ने स्थानीय युव गौतमले जानकारी दिए  । 
    जनताको स्वास्थ्यलार्ई मध्यनजर गरेर युवाहरुले गाउँपालिकाको कोभिड-१९ संक्रमण रोकथाम, उपचारको अभियानलार्ई आफूहरुले सहयोग गर्न लागेको गौतमले बताए  । ‘शंकास्पद वा संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रही काम गर्नु परेमा उच्च सतर्कताका साथ नेतृत्व गर्दै स्वास्थ्यकर्मीहरूलार्ई सघाउने छौं  । साथै गाउँमा आइसोलेसनमा बस्न प्रचार प्रसार, सामाजिक चेतना र युवा परिचालन गर्ने छौं  ।’
    उनका अनुसार एम्बुलेन्स चालकको वैकल्पिक व्यवस्था गर्न, अस्पतालमा गैर चिकित्सकिय सहयोगी व्यक्तिहरूको व्यवस्था गर्न, स्वाब संकलन र ल्याबसम्म लैजान आवश्यक सहयोग गर्न निषेधाज्ञामा सुरक्षाकर्मीलार्ई सहयोग गर्न आफूहरुले यो टिम निर्माण गरेको उनले बताए  । 
    ‘केही गरी कोरोना संक्रमितको मृत्यु भईहालेमा घर जोखिम न्यूनिकरणका लागि सावधानीपूर्वक दाहसंस्कार गर्न सहयोग गर्ने छौं  ।’ गौतमले भने, ‘कोरोना संक्रमित बिरामीको ओसार पसार र हेरचाह गर्न स्वास्थ्यकर्मी र परिवारलार्ई आवश्यक सहयोग पनि यो टिमले गर्ने छौं  ।’ यो टिम गाउँपालिकाको ९ वटै वडामा गठन गरि परिचालन गर्न लागेको बताउँदै गौतमले वडा नं. ५ बाट यो कार्य शुरु भएको जानकारी समेत दिए  । स्वंसेवीको रुपमा निःशुल्क सेवामा लाग्ने उनले बताए  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्