IMG-LOGO

परीक्षण किट, अक्सिजन अभावले कोभिड उपचारमा जटिलता

 मंगल, जेठ ४, २०७८       रमेश प्रसाद न्यौपाने


     बनेपा नगरपालिकाले कोभिड-१९  प्रकोपको दोश्रो लहरको असर बस्तुस्थिर्तिे सुधार गर्नुपर्ने सवालमा शनिबार भर्चुअल छलफल गरेको छ  । नगर प्रमुख लक्ष्मी नरसिंह बादेको सभापतित्वमा सम्पन्न कार्यक्रममा काभ्रे जिल्लाका सञ्चारकर्मी, बनेपा नरगरका जन प्रतिनिधि र स्वास्थ्यकर्मी विच भर्चुअल छलफल भएको हो   । 
    नगरपालिकाका प्रवक्ता श्याम सुन्दर श्रेष्ठले कोरोना संक्रमितहरुको लागि उपचार गर्नका लागि बनेपाको नेपाल पोलिटेक्नीक इन्ष्टीच्यूटमा अक्सिजन सहितको ५० वेडको आइसोलेसन कक्ष निर्माण गरिएकोे, २० जनाको उपचार समेत भइरहेको बताउनु भयो  । कोभिडका विरामीहरुलार्ई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ  । बनेपा नगरपालिका जनप्रतिनिधिहरुले आफूहरुले प्राप्त गर्ने १ महिनाको भत्ता विपद कोषमा राख्ने निणर्य समेत गरेको छ  । अक्सिजनको अभाव, आइसोलेसन कक्षको अभावले अधिकांश कोभिड-१९ का विरामीहरु होम आइसोलेशनमा बसेका छन्  । स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बागमती प्रदेशमा मुख्य मन्त्री डोरमणी पौडेलले चाहेर पनि आफ्नो प्रदेशका अस्पतालहरुलार्ई अक्सिजनको व्यवस्थापन गर्न नसकेको यथार्थ हामी सामु छ भन्नु भयो  । काभ्रे जिल्लामा २ वटा अस्पताल छन्, धुलिखेल र शिरमेमोरियल अस्पताल त्यहाँ उपचारमा भएका विरामीहरुलार्ई समेत अक्सिजनको अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख झाले उल्येख गर्नुभयो  । धुलिखेल अस्पतालले दैनिक १ सय ५० सिलिण्डर अक्सिजन प्राप्त गरेको छ  । हाईफ्लोको अक्सिजन दिनुपर्ने विरामी १५ जना छन्  । उनीहरुको लागि अक्सिजन पुगिरहेको छैन्  । कोरोनाका विरामीहरु दिन प्रतिदिन बढेको बढै छन्  । स्थिति भयावह बन्दै छ  । स्थानीय सरकारहरुले आफ्नो पालिकाहरुमा मास बेसिसमा नै पिसीआर परिक्षण गरेर कोरोनाको रोक थाम तथा नियन्त्रण गर्नु पर्छ अन्यथा परिस्थिति झन जटिल बन्ने हँुदा बेलैमा सतर्क रहन सुझाव दिनु भयो  । डा. नरेन्द्र झाका अनुसार बनेपा, धुलिखेल पनौतीका स्वास्थ्यकर्मीहरु नै संक्रमित भएर स्वास्थ्य सेवा प्रवाहमा नै समस्या आएको हुँदा स्वास्थ्यकर्मीहरुको उच्च मनोवल राख्ने गरी सुरक्षा पिपीई सामग्री पर्‍याप्त उपलब्ध गराउन स्थानीय सरकारहरु लाग्नु पर्ने उहाँको तर्क थियो  । 
    बागमती प्रदेश स्तरीय प्रादेशीक ल्याव धुलिखेलमा, सिन्धुलि, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ देखि नै स्वाव ल्याएको हुँदा स्वाव परिक्षणको लागि ४/५ दिन पर्खनु पर्ने स्थिति रहेको १५/१६ हजार स्वाव संकलन हुने भएकोले परिक्षण रिपोर्टमा ढिला सुस्ती भएको समेत उल्येख गर्नुभयो  । परिक्षण गर्ने किटको अभाव छ  । ल्याव टेक्निसियनका अनुसार ८ हजार किट मात्र भएको जानकारी प्राप्त भएको छ  । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले नगरबासीहरुमा आइपरेको स्वास्थ्य सम्बन्धी समस्या विशेष गरी कोभिड-१९ का विरामीहरुलार्ई नगरपालिकाको श्रोत साधनले मात्र धान्न कठिन हुने अवस्था देखिएको हुँदा केन्द्र सरकारले समेत स्थानीय सरकारहरुलार्ई उपकरण र औषधी खरिदमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउनु पर्ने धारणा राख्नुभयो  । कोभिड-१९का विरामीहरुलार्ई उपचारको पहुँच उपलब्ध गराउन बनेपा वडा नं  १० मा आइतबारबाट सञ्चालनमा आएको भोमि अस्पतालसँग बनेपा नगरपालिकाले सम्झौता गरेको छ  । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलसँग समन्वय गरी २५ वेड सम्म सञ्चालन गर्न सकिने, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अधिनमा रही शुल्क लिने र तोकीएको गुणस्तर प्रदान गर्ने, भोमी अस्पतालले हाललार्ई बनेपा नगरपालिका ४ वेड आइसीय कक्ष ६ वटा अक्सिजन सपोर्टेड वेड नगरपालिकाको सिफारिसमा उपलब्ध गराउनु पनर्,े विरामीलार्ई आवश्यक परेमा भ्यान्टिलेटरमा उपचार गर्ने व्यवस्था मिलाउनु पर्ने औषधी, प्रयोगशालामा हुने परिक्षण शुल्क भने विरामीले नै व्यहोर्नु पर्ने उल्लेख छ  ।  नगरपालिकाले मासिक कर बाहेक १३ लाख भोमि अस्पताललार्ई प्रदान गर्ने लगायतका सर्त नामा जारी सम्झौता गरेको छ  । उक्त सम्झौता २०७८ जेठ २ गतेबाट अषाढ मसान्त सम्म रहने छ  । उक्त सम्झौता पत्रमा बनेपा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कवीराज उप्रेती, स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो र भोमी अस्पतालका प्रवन्ध निर्देशक सगुन कायस्थ र प्रकासन प्रमुख सुस्मिता पौडेल बिच हस्ताक्षर भएको छ  । भर्चुअल छलफलमा बनेपा नगरकी उपप्रमुख रेखा सापकोटा दाहाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो  । जिल्लामा परीक्षण किट, अक्सिन अभावले कोभिड उपचारमा थप जटिलता भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्