IMG-LOGO

जिल्ला अदालतद्धारा ९७ प्रतिशत मुद्दा फछ्र्यौट

 मंगल, सावन ८, २०८१  ---

               जिल्ला अदालत काभ्रेपलाञ्चोकले गत आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यको ९७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत आर्र्थिक वर्षमा २ हजार ४ मुद्दा फछ्र्यैटको लक्ष्य राखिएकोमा अदालतबाट १ हजार ९ सय ३७ अर्थात ९७ प्रतिशत मुद्दा फछ्र्यौट भएको बुधबार कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।  गत आर्थिक वर्षमा लागत तर्फ १ हजार २ सय २८ पुरानो जिम्मेवारी सरेर आएका मुद्दा थिए भने २ हजार ६७ नयाँ मुद्दा दर्ता भएका थिए । नयाँ र पुरानो गरी जम्मा ३ हजार २ सय ९५ मुद्दा रहेकोमा १ हजार ९ सय ३७ फछ्र्यौट भएर १ हजार ३ सय ५८ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको कार्यालयका श्रेस्तेदार एवं उपसचिव कर्णबहादुर राकईले जानकारी दिनुभयो ।

               अदालतमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेको जनाएको छ । अदालतले मुद्दाको प्रकृति हेरेर तीन वर्गमा मुद्दाको बाँडफाँड गर्दै सुनुवाई गर्ने गरेको छ । जसमा सरल मार्ग, सामान्य मार्ग र विशेष मार्ग रहेका छन् । ६ महिना भित्र सुनुवाई गर्नु पर्ने सरल मार्गका मुद्दा हुनु भने १ वर्षभित्र र १८ महिनाभित्र सक्नु पर्ने मुद्दा सामान्य र विशेष अन्तर्गत पर्दछन् ।

               अदालतमा सबैभन्दा बढी मुद्दा फछ्र्यौट न्यायाधिश राजेन्द्र नेपालले ७ सय ३६ वटा गर्नु भएको छ । यस्तै न्यायाधिश विश्वनाथ भट्टराईले ६ सय ३ वटा, न्यायाधिश शिवकुमार पोखरेलले ४ सय ९, न्यायाधिश मोहनराज भट्टराईले ६६ र न्यायाधिश रिताकुमारी बख्रेलले १ सय २३ मुद्दा फछ्र्यौैट गनु भएको छ ।

               मुद्दा फछ्र्यौतको अवधिगत वर्गिकरण अन्तर्गत ६ महिना भित्रका ५४३ वटा, ६ देखि १२ महिना भित्रका ५८७ वटा, १२ देखि १८ महिनाभित्रका ४६८ वटा, २ वर्ष नाघेका २०९ वटा गरी जम्मा १ हजार ९३७ वटा मुद्दा फछ्र्यौट भएको जानकारी दिइएको छ । २०८० साउन देखि ०८१ असारसम्मको कैद जरिवानाको समग्र प्रगति अन्तर्गत जरिवानातर्फ डोरबाट असुल गरेको जरिवाना ५७ लाख ८८ हजार ५३२ छ । यस्तै प्रहरीबाट असुल गरेको जरिवाना ४४ लाख २६ हजार ९२२ छ भने अन्य किसीमबाट ९ लाख ६३ हजार २९८ रहेको छ ।

 

 

महिलाहरु संगठित ई–रोटरी क्लब सामाजिक कार्यमा सक्रिय

               बनेपा, नेपालमा महिलाहरु मात्र संगठित भई गठन भएको ९भ्(च्यतबचथ ऋगिद० विभिन्न सामाजिक कार्यक्रममा सक्रिय भएको छ । मानव सेवामा समर्पित मानव कल्याण समाज सेवा घर पनौतीमा भ्(च्यतबचथ ऋगिद मा आवद्ध रहेका महिलाहरुको सहयोगमा खाना बनाउनका लागि भान्सामा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको छ । क्लबको अध्यक्ष गंगा लुइटेलको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजु, असिष्टेन्ट पूर्व गभर्नर भुवन सिंह कुँवर, डिष्ट्रिक्ट सेक्रेटरी दिनेश मानन्धर, काठमाण्डौ विश्व विद्यालय हाईस्कुलका प्राचार्य तेजेन्द्र प्रकाश राज भण्डारी, पनौती नगरपालिका वडा नं. ५ का अध्यक्ष विनोद खत्री, समाज सेवी शिक्षा सेवी, क्लबका पदाधिकारी, कार्य समिति सदस्यहरुको सहभागीता रहेको थियो । हरेक सामाजिक क्रियाकलाप, सामाजिक जागरण गराउन रोटरी ई क्लब अफ नमोबुद्ध बागमती, रोटरी क्लब अफ काठमाण्डौ सर्कलको सहयोगमा रोटरीको मुल्य मान्यता अनुरुप ७ वटा लक्षित क्षेत्रमा मानव जीवनमा सकारात्मक परिवर्तन ल्याउन संयुक्त रुपमा कार्य गर्दै आएको कुरा क्लवको अध्यक्ष गंगा लुईटेलले जानउनुभयो । यसैगरी सोही दिन शिर मेमोरियल अस्पताल बनेपाका उपचाररत सुत्केरी महिलाहरु र शिशुको लागि पोषण युक्त खाद्य पदार्थ वितरण गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्