श्री बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान धुलिखेल–८ बडाल गाउँको आयोजनामा २०८१ श्रावण २ गतेबाट चातुर्मास्य सतसङ्ग प्रारम्भ भएको छ । हरिशयनी एकादशीको दिनबाट प्रारम्भ भएको चतुर्मास्य श्रीमद् भागवद् सदसङ्ग अनुस्ठान ४ महिना सम्म सञ्चालन हुने कुरा आचार्य पण्डित सुदर्शन वडालले बताउनुभयो । उक्त सतसङ्ग आगामी कार्तिक २७ गते हरिवोधीनी एकादशी सम्म सञ्चालन हुने छ । नियमित प्रवचन हरेक दिन विहान ७ बजे देखि ९ बजेसम्म विद्धान पण्डितहरुबाट श्रमिद भागवद प्रवचन हुने छ । आचार्य पण्डीतहरु पुरुषोतम बडाल, राजुबडाल, सुदर्शन बडाल, सन्देश बडाल, निरञ्जन सुवेदी, श्रीधर बडाल, प्रतिक बडाल, विष्णुहरि बडाल, रामहरि बडाल, विष्णु खरेल, माधव वडाल, परमेश्वर बडाल र गोविन्द बडालले कथा बाचन गरी त्यसको महिमाको बारेमा भक्तजन स्रोताहरुलाई ज्ञानवद्र्धक सन्देश प्रदान गर्नु हुने छ । कार्यक्रममा धुलिखेल वडा नं ८ का अध्यक्ष विनोद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनचेतना युवा समुह तथा रेडियो एविसीका अध्यक्ष रमेशप्रसाद न्यौपाने, वडा सदस्य सानुराम सुवेदी अतिथि हुनुहुन्थ्यो । जनचेतना युवा सहुका सचिव नवराज वडालले मन्तव्य राख्नु भएको थियो । पण्डित रामहरि बडाल, पण्डित अच्युद प्रसाद वडाल, सानुराम सुवेदी, सुनिता बडाल र तारा बडाल सत्सङ्ग व्यवस्थापकमा रहनु भएको आयोजक समितिले जनाएको छ ।
सत्सङ्ग श्रवणबाट आध्यात्मिक चेतनाको विकास हुन्छ ः आचार्य पण्डित सुदर्सन
धुलिखेल नगरपालिका वडा नं ८ बडालगाउँ माझडी खर्कमा अवस्थित श्रीगणेश मन्दिर प्राङ्गणमा यही मिति २०८१ साल श्रावण २ गते हरिशयनी एकादशीदेखि कार्तिक २७ गते हरिबोधिनी एकादशीसम्म श्रीमद्भागवत महापुराणमा आधारित चातुर्मास्य सत्सङ्ग अनुष्ठान प्रारम्भ भएको छ । गत श्रावण २ गते सम्पन्न भएको समुद्घाटन समारोहमा बोल्दै आध्यात्मिक प्रतिष्ठानका संरक्षक आचार्य सुदर्शन बडालले चार महिनासम्म चल्ने यो दीर्घ सत्सङ्गमा काभ्रे जिल्लाका अनेकौं विद्वान् विदुषीहरूबाट प्रवचन हुने जानकारी दिँदै यस्ता आध्यात्मिक चेतना विकास हुने कार्यक्रमले सिङ्गो समाजलाई नै सकारात्मक भावले सिंचित गराउन सक्ने बताउनुभयो । पं रामहरि बडालले आफ्नो मन्तव्यका क्रममा सयौं भक्तहरूको उत्सापूर्ण सहभागिताका साथ संचालन भैरहेको यश भव्य सत्सङ्गमा सहभागी भई ज्ञानार्जन गर्नुहुन सम्पूर्णमा निमन्त्रणा समेत गर्नु भएको छ ।
