जुवा खेल्नेहरु ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पनौती नगरपालिका–७ बसपार्क पछाडी दुर्गा बहादुर घलानको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले जुवा तास खल्ने घर धनी सहित नगद रु.२३,३५५ (तेईस हजार तिन सय पचपन्न) र १६१ (एक सय एकसठ्ठी) ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी काभ्रे धुलिखेलको अनुसार पक्राउ पर्नेहरुमा प्रनियन्त्रणमा लिएका व्यक्तिहरु ः
घर धनी पनौती नगरपालिका वडा नं. ७ बस्ने दुर्गा बहादुर घलान, पनौती वडा नं. ६ बस्ने बर्ष २६ को बुद्ध तामाङ, पनौती वडा नं. २ बस्ने बर्ष २९ को सुकुराम तामाङ, पनौती वडा नं. २ बस्ने बर्ष ३७ को दिपक हुमागाई, बेथानचोक गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४१ को नवराज तामाङ र खानीखोला गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २८ को सन्तलाल स्याङतानलाई नियन्त्रणमा लिइएको जनाएको छ । जिप्रका धुलिखेलका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार जुवा खेल्नेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाएको जनाउनुभयो ।
