IMG-LOGO

देश विकास, समृद्धिको यात्रा, सञ्चार माध्यामको मुद्दा बन्नु प¥यो प्रेस काउन्सिल अध्यक्षः बस्नेत

 मंगल, सावन ८, २०८१  ---

               बनेपा, काभ्रे पोष्ट साप्ताहिककाो रजत महोत्सवको समारोहमा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको अबको मुद्दा देश विकास समृद्धिको यात्रा प्रमुख मुद्दा बन्नु पर्ने धारणा राख्नुभयो । राजनीतिक व्यवस्था परिवर्तन नागरिकहरुको अधिकारको सुनिश्चितता भई सकेकोले अब यसलाई र उसलाई ठोक दिन्छु भनेर कलम चलाउने नभई मुलुकको जनताको विकासको चाहनालाई परिपूर्ति गर्न गाउँका कुना कन्दहरा जनताका आधारभूत आवश्यकता, पिर मर्का, विकासका चाहनालाई खोजमुलक र अनुसन्धान सहित उजगार गर्ने दायित्व सञ्चार माध्यामको भएको कुरा काउन्सिल अध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो । डिजीटल जमानामा कुन समाचार ठिक कुन बेठीक सञ्चारकर्मीको हो छुट्टाउनै मुस्किल परेको तर्क काउन्सिल अध्यक्ष बस्नेतले गर्नुभयो । सञ्चार माध्याम सरकारको प्रतिपक्ष, जनताको पक्षमा वकालत गर्ने हुनुपर्ने भनाई काउन्सिल अध्यक्ष बस्नेतले राख्नुभयो । सोही क्रममा विकास पत्रकारितालाई जोड्न विष्णु चौलागाइले खेलेको भूमिकाको काउन्सिल अध्यक्ष बस्नेतले प्रशंसा गर्नुभयो ।

काभ्रे पोष्टका संस्थापक सम्पादक ओझासहित सञ्चारकर्मी सहित व्यक्तित्व सम्मान

               बनेपा÷काभ्रेपोष्ट साप्ताहिकले संस्थापक सम्पादक इश्वरी ओझासहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओझासहित पुर्व कार्यकारी सम्पादक शिव दाहाल, पूर्व व्यवस्थापक दिपेन्द्र लामा, सरोज अधिकारीसहित उत्कृष्ट कर्मचारी बालकृष्ण बजगाईं सम्मानित भएका हुन् । साप्ताहिकका संस्थापक स्व. विष्णु प्रसाद चौलागाईंले स्थापना गरेको ’कोशीपारी पत्रकारिता पुरस्कार’बाट गोरखापत्रका काभ्रे सम्वाददाता केदार तिमल्सिना र कान्तिपुर दैनिकका काभ्रे सम्वाददाता ज्योति श्रेष्ठलाई पुरस्कृत गरियो । पत्रिकाको विकास र प्रवर्द्धनमा सहयोग गर्ने ग्राफिक डिजाइनर खगेन्द्र कार्की, स्तम्भकार चुडाप्रसाद चौलागाईं, निर्माण व्यवसायी कृष्णहरि चौलागाईं सहित विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो ।

               प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेललगायतले उनिहरुलाई सम्मान गर्नु भएको थियोे । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ प्रकोपमा परेको तथ्य सार्वजनिक गर्दै ३६ जना पत्रकार गुमाउनुपरेको पत्रकारितामा स्व. बिष्णु चौलागाईंले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । 

               नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष रघुवर चौप्रधान, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एवं संस्थापक सम्पादक इश्वरी ओझा, काभ्रे पोष्ट प्रकाशन प्रा. लि. का अध्यक्ष राधिका चौलागाई, सम्पादक दिपकप्रसाद चौलागाईं, स्तम्भकार चुडाप्रसाद चौलागाईं लगायत वक्ताले पत्रकारिता क्षेत्रमा स्व. विष्णुप्रसाद चौलागाईंले खेलेको भुमिकाबारे चर्चा परिचर्चा गर्नु भएको थियो । ’एक्काइसौं शताब्दीको आवश्यकता, विकासमूलक पत्रकारिता’ को लक्ष्य एवं ध्येय लिएर काभ्रेपोष्ट साप्ताहिक २०५७ साउन १५ गतेदेखि निरन्तर प्रकाशित छ । पत्रिकाका संस्थापक चौलागाईको कोभिड–१९ प्रकोपको कारण २०७७ कार्तिक १४ गते निधन भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्