IMG-LOGO

मुना चियाको सेल्स धमाका पुरी सप्लायर्सले हात पा¥यो

 मंगल, सावन ८, २०८१  – हरिनाथ न्यौपाने

 

              मोडर्न टि इण्डष्ट्रिजले उत्पादन गर्दै आएको लोकप्रिय व्राण्ड मुना चियाको सेल्स धमाका कार्यक्रम शनिबार गौतम भिलेज रिसोर्ट बनेपामा सम्पन्न भएको छ । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यको प्रमुख आतिथ्यता एवं व्यवसायी श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुना चिया विक्रेताहरुको भेला सङ्सङ्गै लक्कि ड्र मार्पmत पुरस्कारहरु वितरण गरिएको थियो । जस अन्तर्गत प्रथम पुरस्कार १ तोला सुन पुरी सप्लायर्स मेलम्चिले प्राप्त गर्न सफल भयो । दोश्रो पुरस्कार ५० इन्चको टिभि माता भगवती ट्रेडर्स र गोल्मा देवि सप्लायर्सले प्राप्त गरे भने तेस्रो पुरस्कार मोवाइल सेट ५ जनालाई र चौथो पुरस्कार इलेक्ट्रिक किल्टि १५ जनालाई वितरण गरिएको थियो । व्यवसायीहरु विच भेटघाट, मुना चियाको व्राण्ड पहिचानको उद्देश्यले आयोजित मुना सेल्स धमाकामा क्त्क्ष् न्चयगउ का सेल्स हेड ड्रोन निरौलाले कम्पनिको उत्पादन र बजारीकरणका वारेमा स्वागत मन्तव्य सहित जानकारी दिनुभयो । कम्पनिका संचालक रमेश पराजुली, बजार व्यवस्थापक सुशिल श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, महासचिव रजित पलाञ्चोके, मुख्य संयोजक विज्ञान धौगोडा, लगायत व्यवसायी, सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन डिलर सञ्चालक कृष्णलाल श्रेष्ठले गर्नुभएको थियो । विगत ५० वर्ष देखि नेपाली बजारमा व्यवसाय विस्तार गर्दै आएको क्त्क्ष्  न्चयगउ ले चिया, खाद्य तथा पिय पदार्थ, विद्युत तथा अगरबत्ति लगायत विभिन्न क्षेत्रमा व्यापार गर्दै आएको छ । कार्यक्रमको संचालन व्यवसायी कृष्णलाल श्रेष्ठले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्