IMG-LOGO

आन्तरिक राजश्व काभ्रेले ३ अर्ब ५७ करोड कर संकलन ग¥यो, लक्ष्य अनुसार प्रगति भएन    

 मंगल, सावन ८, २०८१  रमेश प्रसाद न्यौपाने

               आन्तरिक राजश्व कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले आ.व. ०८०÷०८१ मा ३ अर्ब ५७ करोड ३७ लाख ४२ हजार राजश्व संकलन गरेको छ । जस अन्तर्गत प्रतिशतमा ८३ दशमलब २४ प्रति हुन आउँछ । आ.व. ०८०÷०८१ मा लक्ष्य भने ४ अर्ब २९ करोड ३३ लाख २ हजार लक्ष्य लिएको भएता पनि ७१ करोड ९५ लाख ९७ हजार ८ सय लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । गत आ.व. ०७९÷०८० मा ३ अर्ब ३१ करोड राजश्व संकलन भएको थियो लक्ष्य भने ४ अर्ब ४० करोड गरेको भए पनि लक्ष्य लिएको भन्दा १ अर्ब ११ करोड राजश्व कम संकलन भएको थियो । कुल लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन भएको हो । प्रमुख कर अधिकृत हरि प्रसाद तिमल्सिनालाई आन्तरिक राजश्व कार्यालय काभ्रे धुलिखेलले आ.व. ०८०÷०८१ मा लक्ष्य लिइए अनुसार प्रगति हुन सकेननी  भन्ने जिज्ञासामा यस्तो प्रतिक्रिया दिनुभयो ।

               व्यवसायी आर्थिक मन्दिका चपेटामा पर्नु, अर्थतन्त्र आत्मनिर्भर नहुनु, नागररिक सँग क्रयशक्तिm कमजोर हुनु व्यवसायीक कारोबार घट्नु आयतित अर्थतन्त्र अस्थिर सरकारको कारण लक्ष्य लिए अनुसारको राजश्व संकलन गर्न नसकिएको बताउनुभयो । त्यसैगरी आय कर ९क्ष्त्०,  मुल्य अभिबृद्धि कर ९ख्ब्त्०, अन्त शुल्क ९भ्हअष्कभ म्गतथ० मा समेत राजश्व संकलनमा लक्ष्य लिए अनुरुप प्रगति भएको छैन् । आ.व. ०८०÷०८१ मा आय कर ९क्ष्त्० १ अर्ब ८९ करोड २१ लाख ६९ हजार लक्ष्य लिएकोमा १ अर्ब ६४ करोड ९१ लाख ४८ हजार प्रतिशतमा ८७ दशमलब १६ प्रतिशत राजश्व संकलन भएको छ । त्यस्तै गरी मुल्य अभिबृद्धि कर ९ख्ब्त्० १ अर्ब ४३ करोड ७३ हजार लक्ष्य लिइएकोमा १ अर्ब १९ करोड ९२ लाख ४४ हजार राजश्व संकलन गरेको छ । जसअन्तर्गत प्रतिशतमा ८४ प्रतिशत राजश्व संकलन भएको हो । अन्तशुल्क मदिरा भ्हअष्कभ म्गतथ मा ४४ करोड १७ लाख ५० हजार लक्ष्य लिइएकोमा ३४ करोड ९२ लाख ३३ हजार राजश्व संकलन भएको छ । जुन प्रतिशतमा ७९ दशमलब ०६ प्रतिशत हो । लक्ष्य अनुसार प्रगति हुन सकेन् । आन्तरिक राजश्व कार्यालय काभ्रे धुलिखेलका सूचना अधिकारी ढुण्डिराज दाहालका अनुसार गत आ.व. ०७९÷०८० मा मुल्य अभिबृद्धि कर ख्ब्त्  मा १ अर्ब २६ करोड लक्ष्य लिइएकोमा १ अर्ब २१ करोड राजश्व संकलन भएको मुल्य अभिवृद्धिकरमा ९६ प्रतिशत राजश्व संकलन भएको बताउनुभयो ।

               कर अधिकृत सन्दिप कुमार मण्डलका अनुसार आ.व. २०८०÷०८१ मा व्यक्तिगत पान (स्थायी लेखा) ६३ हजार ५ सय ४ मुल्य अभिवृद्धि कर ९ख्ब्त्० ५ हजार ६ सय २७, सरकारी कार्यालय संघ संस्था १ हजार ३ सय २५, आयकरमा दर्ता ४३ हजार ९ सय २९ र अन्य १ हजार ७ सय १० गरी १ लाख १६ हजार ९५ कुल करदाता संख्या रहेको बताउनु भयो । गत वर्ष व्यक्तिगत पान तर्पm ६३ हजार ३ सय ३४ मुल्य अभिवृद्धि (भ्याट) ७ हजार १ सय ९४ गरी ५९ हजार ६ सय ७३ कुल कर दाता संख्या रहेका थिए । गत वर्ष भन्दा यस वर्ष मुल्य अभिबृद्धिकर भ्याटमा ९ सय २ करदाता घटेका छन् ।

मुल्य अभिवृद्धि कर विवरण पेश नगर्नेलाई छुट

               मुल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने व्यवस्था गरेको छ । २०८० असार मसान्त सम्मको मुल्य अभिवृद्धि कर विवरण पेश नगर्ने, मुल्य अभिबृद्धिकरमा दर्ता भएको करदाताले आफूले बुझाउनुपर्ने सो कर विवरण अनुसारको मुल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशत हुने रकम २०८१ साल फागुण मसान्त भित्र बुझाएमा सोमा लाग्ने जरीवाना, थप दस्तुर तथा बाँकी व्याज मिनाह हुने छ ।

करको दायरामा आउनेलाई छुट

               कुनै व्यक्तिले विगतमा कर लाग्ने आय अर्जन गरेको तर स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० को बुझाउनु पर्ने आय विवरण सोमा लाग्ने कर २०८१ साल फागुण सम्म बुझाएमा सोमा लाग्ने शुल्क त्यसमा लाग्ने व्याज मिनाहा हुने आर्थिक ऐन २०८१ अनुसार बजेटमा आएको व्यवस्था अनुरुप व्याज मिनाहा लाग्ने शुल्कमा छुट गरिएको आन्तरिक राजश्व कार्यालय धुलिखेलले जनाएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्