आज बनेपा न.पा. वडा १३ द्वारा सामाजिक विकास कार्यक्रम अन्तर्गत ७८ वर्षभन्दा माथि ८३ वर्षसम्मका ज्येष्ठ नागरिकहरूमा ज्येष्ठताको सम्मान तथा पौष्टिक आहार वितरण कार्यक्रम वडा नम्बर १३ कार्यालय भवनमा आयोजना गरिएको छ । ८४ वर्षभन्दा माथिका ज्येष्ठताहरूलाई यसभन्दा अगाडि नगर बजेटबाट सम्मान गरि सकेको थियो। स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा वडा अध्यक्ष श्री राम दुवालबाट ज्येष्ठताको सम्मान पौष्टिक आहारबाट सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा समसामयिक विषयवस्तु सामाजिक अभियन्ता पत्रकार जयदेश श्रेष्ठले एउटा प्रश्न सोधेको थिएँ । जब मृत्युको नजिक अन्तिम अवस्थामा पहिला विगतमा ठाउँ सार्ने तुलसीको मठ वा गोबर लिपेर राख्ने चलन थियो। अहिले सबैजसोले बिरामीलाई हस्पिटलमा लाने गर्दछ। अन्तिम अवस्थामा हस्पिटलमा बिरामीलाई उपचारको नाममा आइसियुमा राख्ने गरिन्छ। त्यो बेलामा बिरामीलाई परिवारसँग भेट गर्न दिइँदैन। के यो तरिका ठिक हो ? अन्तिम अवस्थामा बिरामीले परिवार भेट्न चाहन्छ कि उपचार होस् भन्ने चाहन्छ ?
तपाईँहरूको जिज्ञासा के होला ?
अधिकांश ज्येष्ठ नागरिकहरूको उत्तर थियो “मर्ने बेलामा आफ्नो सन्तानहरू अगाडि होस् ।“
अब भन्नुस् के यो सम्भव छ ?
