IMG-LOGO

एमाले काभे्रले भण्डारी र आश्रीतको सम्झनामा ग¥यो विचार गोष्ठी 

 मंगल, जेठ ८, २०८१  ---

                    धुलिखेल÷नेकपा एमाले काभ्रे र नेकपा एमाले धुलिखेल नगर कमिटिले संयुक्त बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाएको छ । धुलिखेल नगरपालिका वडा नं.११ मा रहेको काभ्रे भन्ज्याङमा मदन भण्डारीको शालिकमा माल्यार्पण गरि स्मृति दिवस मनाइएको हो । उक्त कार्यक्रममा जिल्ला अध्यक्ष अशोक ब्याञ्जु लगायत विभिन्न प्रदेश कमिटि, जिल्ला कमिटि, स्थानीय कमिटिका नेताहरुको उपस्थिति रहेको थियो । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । त्यसैगरी आज नेकपा एमाले काभ्रेले विचारको बहस कार्यक्रमको पनि आयोजना गरेकोथियो । उक्त कार्यक्रममा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, जिल्ला इन्चार्ज कृष्ण राई र पार्टी अध्यक्ष अशोक ब्याञ्जु लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । एमालेका उपमहासचिव ज्ञवालीले जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद जनताका जन जीवीका सवाल, समाज रुपान्तरण गरी नेपाललाई समृद्ध बनाउने सपना सान्दर्भीक भएको बताउनुभयो । त्यस्तै पार्टीका संगठन विभाग प्रमुख आश्रीत जुझारु युवा हुनुहुन्थ्यो । एमाले पार्टी उपमहासचिव ज्ञवालीले भन्नुभयो । कार्यक्रमको संचालन जिल्ला सचिव राजन भुर्तेलले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्