नेपाल पत्रकार महासंघ काभे्रका सदस्य, नेपाल टेलिभिजन काभे्र संवाददाता, सञ्जीवनीपत्र साप्ताहिकका सह— सम्पादक देवराज केसीलाई पितृशोक परेको छ । सञ्चारकर्मी केसीका पिता सहकुल केसी ,खत्रीको ७५ वर्षको उमेरमा आईतबार निवासमा निधन भएको हो । विगत ४ महिना देखि बिरामी भई थलिनु भएका खत्रीको फोक्सोमा क्यान्सर भई निधन भएको परिवार श्रोतले बताएको छ । उहाँका एक श्रीमती , तीन छोरा मिनराज केसी, नवराज केसी र देवराज केसी त्यसैगरी दुईवटी छोरीहरु हुनुहुन्छ । मृतक सहकुल केसी (खत्रीको) असामायिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परीवारजनप्रति काभे्रटाइम्स र रेडियो एबिसी परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
