कोरोना संक्रमणबाट काभ्रे जिल्लामा थप ३ जनाको मृत्यु भएको छ भने सोमबार १२८ जना नयाँ संक्रमित थपिएका छन् । भक्तपुर निवासी ६५ वर्षिय पुरुष, पनौती निवासी २४ वर्षिय पुरुषको धुलिखेल अस्पतालमा र बनेपा निवासी ४५ वर्षिय पुरुषको शिरमेमोरियल अस्पतालमा मृत्यु भएको छ । यस्तै सोमबार बनेपा नगरपालिकामा ४८ जना, धुलिखेल नगरपालिकामा ३७ जना, पनौती नगरपालिकामा १८ जना, पाँचखाल नगरपालिकामा ५ जना, मण्डनदेउपुर नगरपालिकामा ६ जना, नमोबुद्ध नगरपालिकामा १० जना, तिमाल गाउँपालिकामा १ जना, चौरिदेउराली गाउँपालिकामा २ जना र भुम्लु गाउँपालिकामा १ जना गरी १२८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो सँगै काभ्रे जिल्लामा १ हजार २ सय १८ जना कोरोना संक्रमित रहेको तथ्याङ्क छ ।
