IMG-LOGO

गीतकार सिग्देलको मुटुभित्र सीमा दुख्छ’ सार्वजनिक

 मंगल, बैशाख २१, २०७८  ---


गीतकार भरत सिग्देलको राष्ट्रीय गीत ‘मुटुभित्र सीमा दुख्छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एम पि टू एन क्रियशनमार्फत् सार्वजनिक गीतमा देशप्रेमको भाव झल्काइएको छ ।
आफ्नो मुलुकको सीमा मुटुभित्र रहेको, सीमामा समस्या हुँदा देश दुख्ने र आफ्नै देशको भाषाभेष नै सबैभन्दा प्यारो रहेको भाव गीतमा पाइन्छ । विकास चौधरीको संगीतमा विकास लिम्बुको स्वर रहेको गीतको म्युजिक भिडियो काठमाडौ र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।
नारद आचार्य सुदामा र केशव वैरागी माइलोको निर्माण रहेको भिडियोमा लय सङ्ग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भिमलाल तामाङ, शान्ती सिग्देल, अस्मिता सिग्देल, सुवास मेचे लगायतको अभिनय रहेको छ ।
भिडियो निर्देशन उषा मलाहा सिम्रनले गरेका हुन् भने छायाँकन खेम थापा मगरले गरेका छन् । गीतमा सिग्देलले आफ्नो मुलुकभन्दा बहुमुल्य अन्य चीज नरहेको भाव दर्शाएका छन् । तराई पहाड हिमाल सबै भुभागको आ आफ्नै विरताको गाथा रहेको सन्देश गीतमा दिइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्