IMG-LOGO

साहित्यकार हरिमञ्जुश्रीलाई उपाधी अभिवन्दन

 मंगल, चैत ३१, २०७७  ---


साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्री मोती महोत्सव समारोह समितिले शनिबार बनेपामा साहित्यकार हरि मञ्जुश्रीलाई उपाधी, अभिवन्दना तथा सम्मान गरेको छ । प्रमुख अतिथि काठमाण्डौँ विश्वविद्यालयका उपकु्लपति प्रा.डा. भोला थापाले ६ फिटको ताम्रपत्रद्वारा सम्मान गर्नुहुँदै मञ्जुश्रीको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । मुल समारोह समितिका सदस्य चन्द्रबहादुर खड्काले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सम्मानित मञ्जुश्रीले लेख्नु भएको “शब्दकला नायक” पुस्तक विमोचन गरिएको थियो । अभिवन्दन समारोहमा काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, पुर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे लगायत साहित्यकार, लेखक, समाजसेवी, शिक्षासेवी, सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । आयोजक समितिका अध्यक्ष भरत जंगमको सभापतित्वमा सम्पन्न कार्यक्रममा “शब्द सारथी” पदबाट समेत मञ्जुश्रीलाई सम्मान गरियो । कार्यक्रममा ५ दर्जन बढी अभिबन्दना पत्र प्रदान गरीएको थियो । यसैबीच शब्दयात्रा प्रकाशनले काभ्रेली पत्रकार मधुसुधन गुरागाई र भगवती तिमल्सिनालाई पत्रकारीता क्षेत्रमा योगदान पु¥याए बापत सम्मान ग¥यो भने काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारीता विषय लिएर अध्ययनरत सुजाता तिमल्सिनालाई पत्रकारीता छात्रावृत्ति समेत प्रदान गरिएको थियो । 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्