IMG-LOGO

क्षितिज इङ्गलिस स्कुलको १७औं वार्षिकोत्सव

 मंगल, फागुन ८, २०८०  ---


    क्षितिज इङ्गलिस बोर्डिङ स्कुल बनेपाको १७औं वार्षिकोत्सव, विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बनेपाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष विकस श्रेष्ठले गर्नुभएको थियो । व्यवस्थापन समितिाक अध्यक्ष उदयराम कायस्थ, विद्यालयका संस्थागत संंरक्षक गोविन्दलाल प्रधानाङ्ग, प्याब्सन काभे्रका अध्यक्ष श्यामबहादुर भुजेल, विद्यालयका सल्लाहकार मोहन दुवाल, विद्यालय निरीक्षक विन्दा भूर्तेल, विद्यालयका सञ्चालक, सेयर सदस्य र अभिभावकहरु र विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल लिलाधर पौड्यालले शैक्षिक विकासको खम्बाकोरुपमा क्षितिज स्कुलले विद्यार्थीहरुको सृजनात्मक सिकाईलाई व्यवहारमा उतार्न निरन्तर लागि परेको बताउनुभयो । सञ्चालक विमला कुमारी चौलागाई , हरिगोपाल प्रधानाङ्ग, कल्पना थापा, विद्यार्थीहरु आरधना सापकोटा, र सलिना लामाले मन्तव्य राख्नुभएको थियो । विविध साँस्कृतिक कार्यक्रम, एसईई २०७९ विदाई, क्षितिज पत्रिका विमोचन, क्षितिज कर्मचारी समेतलाई पुरस्कृत गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्