महाभारतमा खुट्टा टेक्न ५ गाउँ पाण्वडले मागेका थिए तर दुर्योधनले दिएनन । त्यस्तै एमालेमा केपी ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता लेउ हामी मिल्छौ भन्ने माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको मागलाई पुरै लत्याउँदै उल्टै माधव नेपाल समुहका चार नेतालाई कारवाही गरेका छन् । अहिले एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो ।नेकपा एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समानान्तर गतिविधिका साथ नेपाल–खनाल समूहले भातृ संगठनमा छुट्टै कमिटीहरु गठन गरिसकेको छ ।
समानान्तर रुपमा गतिविधि बढन थालेपछि ओलीले नेपाल–खनाल समूहका नेतालाई कारवाही गरेका हुन् । नेपाल र उपाध्यक्ष रावल उप महासचिव घनश्याम भुषाल र सुरेन्द्र पानण्डेलाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल समूहले देशव्यापी रुपमा ओलीविरुद्ध एकजुट हुन आह्वान गर्दै काठमाण्डौ लगायत सबै जिल्लामा समानान्तर संगठन गठन गर्दैछ ।
