ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज विद्यालयको २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार बनेपा पार्टी भेन्युमा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका संचालक आत्मराम थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाले सामुदायिक विद्यालयमा गरेको लगानी अनुसारको गुणस्तरीय प्रतिफलका लागि प्रयत्न जारी राखेको र निजि विद्यालयहरुले देखाएको नतिजा सन्तोषजनक रहेको धारणा व्यत्त गर्नुभयो । प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैद्यले स्वागत मन्तब्य सहित विद्यालयका गतिविधिका बारेमा जानकारी गराउनुभयो भने सहायक प्रिन्सिपल रत्नराज खतिवडाले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालयले मनोपरामर्श, नेतृत्व विकास, चित्रकला, हाजिरिजवाफ, नृत्य, गायन तथा विद्यार्थीहरुको चाहना र रुची अनुसार युग सुहाँउदो शिक्षा उपलब्ध गराएको बताइएको छ । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बरिष्ठ साहित्यकार मोहन दुवाल, शिक्षासेवी भोला केसी नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना गोविन्दलाल प्रधानाङ्ग, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरु, विद्यालय संचालकहरु, शिक्षक शिक्षिकाहरु, पत्रकारहरु, विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।
