श्री गणेश भारती माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा एस् .ई. ई सम्मान कार्यक्रम बनेपा -१२ का वडा अध्यक्ष राम बा कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी कुँवरले विद्यार्थीलाई प्रबिधियुक्त शिक्षा सँगै ब्यवहारिक शिक्षा प्रदान गर्नु पर्ने बताए । शिपमुलक शिक्षा दिन सकिएमा मात्रै आफ्नै देशमा विद्यार्थीहरु रहने कुँवरको भनाई थियो । बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कुँवरले विद्यालयलाई नगरको उत्कृष्ट बनाउने र आगामी शैक्षिक सत्रमा जिल्लाको उत्कृष्ट र प्रदेशको उत्कृष्ट बनाउन लागिरहेको बताए । विद्यालयले समय अनुकुल, समुदायले खोजेको, समयले मागेको र विद्यार्थीहरुलाई चाहिएको गुणस्तरीय शिक्षा प्रदान गरेको उनले वताए । विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्रध्यानाध्यापक प्रेम शर्माले प्रस्तुत गरेका थिए ।
विद्यालयमा शिशु कक्षा देखी कक्षा १०सम्म २५० विद्यार्थीहरुले अध्ययन गरिरहेका छन । विद्यालयमा भौतिक सुविधा सगै स्वच्छ खानेपानी, अपाङ्ग तथा बाल मैत्री शौचालय, गुणस्तरीय शिक्षा, कम्प्युटर ल्याब, विज्ञान ल्याब, पर्याप्त पुस्तकालयको लगाएतका सुविधा विद्यार्थीहरुलाई समय र विद्यार्थीहरुले खोजेको जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको शर्माले बताए । कार्यक्रममा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
