शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयले पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्नका लागि धुलिखेल —८ बडालगाँउ र धोक्रेटोलका स्थानीय सरोकारवालाहरु सँग एक छलफल बहस कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यञ्जुको प्रमुख आतिथ्यता र मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको सन्दर्भमा बोल्दै नगर प्रमुख व्यञ्जुले योजनाबद्ध विकासको चरणले नागरिकहरुको लागि आर्थिक, सामाजिक रुपान्तरणको कार्य गर्ने त्सबाट नागरिक नै लाभाम्बित हुने बताउनुभयो ।
धुलिखेल नगरपालिकामा पारमाणविक अनुसन्धान केन्द स्थापना गर्न मन्त्रालयबाट आधिकारीक पत्र प्राप्त भएपछि बार्ड कमिटीमा छलफल भएको बताउनुभयो । उपयूक्त जग्गा भएको क्षेत्रमा निर्माण कार्य गर्ने भन्ने भएकोमा सार्वजनिक जग्गा ८ नं वडाको धोक्रेपाखामा रहेको जानकारी वडाअध्यक्ष विनोद गौतमले गर्नुभयो । सो क्षेत्रमा मन्त्रालयको टोलिले पहिलो चरणाम जग्गाको अवस्था हेर्ने काम भएको नगर प्रमुख व्याञ्जुले बताउनु भयो । धुलिखेल ८ का सरोकारवाला स्थानीयहरुले सकारात्मक पहल गरी सहयोग पुर्याएको खण्डमा उक्त क्षेत्रमा अनुसन्धान केन्द्र बन्ने, विकास निर्माणका सवालमा जहिले पनि टेडामेडा बाङ्गो कुरा गरी विथाल्ने कार्य वरीपरी असम्भव हुने उहाँको तर्क थियो । त्यस्तै विज्ञ डा. विद्यापति झाका अनुसार रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन ऐन २०७७ को दफा ५४ अन्तरगत नेपालमा उपलब्ध हुन सक्ने रेडियोधर्मी एवं पारमावाणिक पदार्थको वृस्तृत अध्ययन र अनुसन्धान नियमअनुसार गर्ने भएकाले समुदायको वृहत्तर हित र राष्ट्रका तमाम नागरिक लाभाम्ििवत हुने हुँदा कुनै खालको नकारात्मक असर नगर्ने कुरा बताउनुभयो । क्यान्सर रोगको निदानको लागि आवश्यक पर्ने औषधी उपचारको समेत अध्ययन अनुसन्धान केन्द्र बनाउन लागिएको डा. विज्ञ विद्यापति झाले उल्लेख गर्नुभयो । स्वास्थ्य, कृषि, पशुजन्य, उद्योगसँग जोड्ने, पुरातात्विक वस्तुको संरक्षण, भूमिगत जलश्रोतको भण्डारण, प्रविधिको विकासलाई आत्मसात गरी परनिर्भरबाट टाढा रहन अनुसन्धान केन्द्रको खाँचो रहेको औंल्याउनुभयो । डा. राजु खनालले विज्ञान र प्रविधिको विकासलाई नेपालले सहि प्रयोग गर्न ढिला गरेको हुँदा विकासमा हामि पछि परेको बताउनुभयो । पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्दा सामाजिक, आर्थिक, विकासमा गुणस्तिरीय विकास भई समुदायलाई निककै फाईदा हुने र राष्ट्रको उन्नती प्रगतीमा समेत योगदान पुग्ने बताउनुभयो । मन्त्रालयका डा. शैलेन्द्र कुमार झाले राज्यले निर्माण गरेको ऐन कानुन, अन्तराष्ट्रिय मापदण्ड अनुरुप अनुसन्धान केन्द्र स्थापना गरिने बताउनुभयो । नगरका उपाध्यक्ष निराजन जंगमले समुदायको हित चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष विनोद गौतमले हरेक विकास निर्माणमा वडाका सम्पूणर् जनसमुदायले समर्थन र साथ दिनुपर्ने बताउँदै वडामा बन्न लागेको अनुसन्धन केन्द्रको सवालमा सबेको काँध एकिकृत हुनुपर्छ यो वृहत्तर हितको योजनालाई सफल पारी छाड्ने उद्घोष गर्नुभयो । स्थानीय विष्णुबहादुर मिजारले वरीपरी समुदायको वस्ती भएको हुँदा वातावरण असर नहुने स्थानीय समुदायको सामाजिक र आर्थिक हितमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । सञ्चाकर्मी एवं स्थानीय रमेश प्रसाद न्यौपानेले अनुसन्धान केन्द्र निर्माणको लागि जग्गाको छनौट गर्ने मन्त्रालयको कर्मचारी टिम धुलिखेल नगरका जनप्रतिनिधिलाई धन्यवाद दिंदै उक्त अनुसन्धान केन्द्र निर्माणको लागि सबै एकतावद्ध भई लाग्नुपर्ने स्थानीय समुदायको वृहत्तर हितमा ध्यान दिई वातावरणको सवालमा निक्कै सम्वेदनसिल भई अघि बढ्नुपर्ने तर्क गर्नुभयो । मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्यले अनुसन्धान केन्द्र स्थापनाले स्थानीय समुदायको हित मात्र नभई राष्ट्रकै वृहत्तर हित हुने बताउनुभयो ।
