प्यारी मेरी दिदीतिम्ले यसपालीनि फेरि
उन्दै माला सयपत्रीको मेरै बाटो हेरी
सप्तरंगी टीका पनिकिनी ल्याकि छौ रे
आगनको डिलमा बसीएक्लै टोलाईछौ रे
तलबाट झोलाबोकि आको देख्दा कोही
झस्किहोउली पटक-पटक हो कि मेरो भाइ
पोहोर सालनि बाटो हेर्यौ आउँछ भाइभन्दै
साहुको रिणले छेक्यो बाटो बसें दिनगन्दै
मुटु जस्तो प्यारो तिम्रो भाइयतिखेर
विवस छ परदेशको गल्लीकुर्न हेर
भोक, तिर्खा, निन्द्रा छैन बिरानो यो ठाउँ
भक्कानिन्छ मुटु मेरो संझिदात्यो गाउँ
टिलबिल आँसु नबनाउनु दिदीतिम्ले आज
बिवशताको तगारोले छेक्यो हामीमाझ
उर्लि आउँदायादहरु बिगतकातिपल को
रून्छ मन, झर्छ आँसु आउँदा तिम्रै झल्को
