IMG-LOGO

सगरमाथा आरोहणमा तीन काभ्रेली

 मंगल, चैत २४, २०७७  ---

    विश्वको सर्वोच्च शिखर सगरमाथको आरोहण तीन काभ्रेलीले गर्ने भएका छन् । पनौती नगरपालिका वडा नं ३ कुशादेवीका ५५ वर्षीय उद्धब थापा, पनौती नगरपालिका वडा नं १२ का बसन्तकुमार तामाङ्ग विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका हुन् । धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गरि रोशी गाउँपालिका १२ का मगर सालु डाडाँका बसन्त कुमार तामाङ्गले चैत्र २३ गतेबाट सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिए ।  गाउँपलिकाको पर्यटन  क्षेत्रको विकास गर्ने अभिप्रायले गाउँपालिकाको पर्यटन क्षेत्रको विकास गर्ने अभिप्रायले गाउँपालिकाको झण्डा अझसम्म कसैले विश्वको शिखर सगरमाथामा नफराएकोले पहिलो पटक झण्डा फहराउन लागेको बताए । त्यसै गरी पनौती नगरपालिका वडा नं ३ कुशादेवीका उद्धव थापा पनि सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । थापाले भने सगरमाथाको चुचुरोमा वेद पु¥याएर योगको साधना गर्ने बताए । ५० बर्षको उमेर देखि योग ध्यान शारीरिक व्याम गरेकाले सगरमाथा चढ्न सहज हुने बताए । त्यसै गरी पनौती वडा नं ८ का लक्षमण सापकोटा पनि अप्रिल २० तारिकबाट प्रथम साहित्यिक आरोहण गर्न लागेका छन् । उनले २०७५ सालमै सगरमाथ आरोहण अनुमति लिइ सकेका छन् । आफ्नो स्वास्थ्यले साथ नदिदाँ गत वर्ष साहित्यिक  यात्रा रोकिएको बताए । 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्