IMG-LOGO

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अनेरास्ववियूको सम्मान

 मंगल, सावन २, २०८०  ---

       अनेरास्ववियु काभ्रेले माध्यामिक शिक्षा परीक्षा २०७९ को एसईई परीक्षामा सहभागि भै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी एसईई परीक्षामा उत्कृष्ट नजिता ल्याउन विद्यार्थीलाई सम्मान गरिएको अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जानकारी दिनुभयो । जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १ जना छात्रा र १ जना छात्रलाई सम्मानपत्र सम्मान गरिएको अध्यक्ष गौतमले बताउनुभयो । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यामा भएको सम्मान कार्यक्रममा एसईई परीक्षामा सहभागी विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्