आयुर्वेद पञ्चकर्म हेल्थहोम एण्ड रिसर्च सेन्टरले पौष १३ गते देखि आयुर्वेदिक पद्धतिद्वारा उपचार गर्ने भएको छ । हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष ग्रुवेन तौजलेले योगाभ्यासको साथसाथै कठिन स्वास्थ्य समस्या भएकालाई आयुर्वेदिक औषधि तथा पंच कर्म पद्धतिद्वारा रोगबाट मुक्त गर्ने उद्देश्यले रिसर्च सन्टर खोलीएको जानकारी गराउनु भयो । काभ्रे जिल्ला लगायत आसपासका जिल्लाहरुको विरामीलाई सेवा प्रदान गर्ने संस्थाले लक्ष्य राखेको छ । आयुर्वेदिक चिकित्सक सिद्धान्त अनुसार उपचार सेवा प्रदान गर्ने,रोगको प्रकृति अनुसार योेग तथा ध्यान गराउने, बैकल्पीक चिकित्सा पद्धतिबाट बिभिन्न रोगहरुको गुणस्तरीय रुपमा पञ्चकर्म थेरापिष्टहरु गरी स्वास्थ्य सेवा प्रदान गर्ने, पंचकर्म सम्बन्धि पूर्व कर्महरु (दिपन, पाचन, स्नेहन, स्वेदन) प्रधान कर्महरु (वमन, विरेचन, अनुवासन, वस्ती, आस्थापन, नस्य, रक्तमोक्षन) पश्चात कर्महरु (रसायन, वाजिकरण, शमन) सेवाहरु प्रदान गर्ने, अर्श (पाईल्स), भयन्दर (फिस्टुला) आदि जटिल समस्याहरु क्षार सुत्रद्वारा उपचार गर्न सकिने आयुर्वेद पञ्चकर्म हेल्थहोम एण्ड रिसर्च सेन्टरका कविराज सुमन सत्यालले जानकारी गराउँनुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व अध्यक्ष भोला थापा, महेश पौडेल, लगायत सञ्चारकर्मी एवं योग पिठका सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
