IMG-LOGO

लौगिंक हिंसा न्यूनिकरणका लािग अन्तरक्रिया 

 मंगल, मंसिर ३०, २०७७  ---

 जिल्ला समन्य समिति काभ्रेको आयोजनामा लौगिंक हिंसा न्यूनिकरण, न्यायिक समितिको भूमिका र कोभिड-१९ ले सामाजिक क्षेत्रमा पारेको प्रभावका बारेमा बुधबार एक कार्यक्रम बिच सम्पन्न भयो । महिला हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ गते देखि डिसेम्बर १० सम्म अभियान सञ्चालन भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता बागमती प्रदेश सांसद गोमा भूर्तेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख आतिथि सांसद भुर्तेलले न्याय दिने सवाल निक्कै कठिन भएको बताउँदै स्थानीय सरकारमा गठन भएका न्यायिक समितिका संयोजकहरुले पक्ष र विपक्षको आधारमा नभई निष्पक्षताका  आधारमा न्याय निरुपरण गनुपर्ने बताउनु भयो । प्रमुख अतिथि सांसद भूर्तेलले ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष हिंसामा परेको उल्लेख गर्दै दुवैमा हुने हिंसाको अन्त्यको लागि स्थानीय सरकारले सामाजिक चेतनासँग सँगै महिलाहरुको क्षमता विकास र आर्थिक सशक्तिकरणका कार्यक्रम प्रभावकारी ढङ्गबाट अघि बढाउन निर्देशन दिनु भयो । घर परिवार छोडेर पुरुष विदेश धन कमाउन जान्छ श्रीमतीलाई रकम पठाउँछ स्वदेश फर्केर आउँदा श्रीमती नि छैन पैसानि नभएको अवस्था भएको हुँदा समाजिक विखण्डन हुनबाट रोकीने हुनुपर्छ । सबै सजक र सतर्क रहनु पर्ने धारण  सांसद भूर्तेलले राख्नु भयो । जिल्ला समन्य समिति काभ्रेका उप-प्रमुख मञ्जु गौतमले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगर पालिकाका प्रमुख अशोक कुमार व्यान्जुले कोभिड-१९ ले सामाजिक न्यायको क्षेत्रमा देशको अर्थ व्यवस्थामा परेको प्रभावको बारेमा प्रकाश पार्नुभयो । नगर प्रमुख व्याञ्जुले कोभिड-१९ को कारण ध्वस्त भएको अर्थतन्त्रलाई उचित व्यवस्था पकीय ढङ्गबाट प्रवन्ध गरेर नागरिकहरु जीवन पद्धतीमा शिक्षा, स्वास्थ्य, रोजगारीसँग जोड्ने गरी संघ प्रदेश र स्थानीय सरकार अघि बढ्नुपर्ने बताउनु भयो । व्यवस्था परिवर्तन सँगै जनताका इच्छा आकांक्षा देशको जनसंख्यीख अवस्थालाई नियालेर विकास र समृद्धि अघि नबढ्न जनताहरुमा तिव्र असन्तुष्टी बढेको तर्क गर्नुभयो । देशको अर्थतन्त्र परर्निभरतामा रहँदा रेमिटान्सबाट भित्रेको डलर विदेश नै फर्कने भएकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्यमसिलताको विकास उद्योगधन्दा सञ्चालनले मात्र आत्मानिर्भरता तिर अघि बढ्न सकिने धारणा नगरप्रमुख व्याञ्जुले राख्नु भयो । दलाल पूँजीबादको अर्थव्यवस्था भइन्जेल, कृषिक्षेत्रको आधुनिककरण गरी उत्पादनलाई उत्पादनमा जोड्न नसकिन्जेल विकास र समृद्धि अघि बढ्न नसक्ने बताउनु भयो । प्रहरी र कर्मचारी गरेर ५ लाख सरकारी सेवामा निजि क्षेत्र २ लाख ५० हजार, यातायात क्षेत्र होटल व्यवसायमा ६० हजार गरी ८ लाख १० हजारले रोजगारी प्राप्त भएको नगर प्रमुख व्याञ्जुले उल्येख गर्नुभयो । काभ्रेपलाञ्चोक जिल्ला अदालतका प्रमुख न्यायाधिस पुरुषेतम ढकालले स्थानीय साशन ऐन २०७४ ले व्यवस्था गरेका  देवानी प्रकृतिका मुद्धाको चाप घटेको उल्लेख गर्नुभयो । घरेलु हिंसा बढ्दो क्रममा हुनु सामाजिक चेतनामा कमी आउनु र कानुनी प्रावधानको सवाल थाहा नहुदाँनी हिंसा र विवादका घटनाहरु बढेको न्यायाधिस पुरुषोतम ढकालले बताउनुभयो । कोभिड-१९ प्रभाबले सामाजिक क्षेत्रमा ठूलो असर गरेको बताउँदै प्रमुख न्यायाधिस ढकालले पारिवारिक कलह आर्थिक समस्या र रोजगारी  गुम्दा धेरै समस्या भएको बताउनु भयो । चालु आर्थिक बर्षमा विभिन्न प्रकृतिका ५ सय ४७ मुद्धा दर्ता भएकोमा २ सय मुद्धा फैसला भएको प्रमुख न्यायाधिस ढकालले बताउनुभयो । कार्यक्रममा निमित्ता प्रमुख जिल्ला अधिकारी लक्ष्मी हुमागाइ, जिल्ला अदालतका श्रेस्तेदार  गोविन्द  प्रसाद घिमिर,े  जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेल , जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी कुमार विक्रम थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश प्रसाद न्यौँपाने लगाएतले मन्तव्य राख्नु भएको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्