IMG-LOGO

करको लागि अनलाइन सेवा 

 मंगल, मंसिर ३०, २०७७  ---


धुलिखेल नगरपालिकाले अनलाइन कर भुक्तानि सेवा सुभारम्भ गरेको छ । प्रविधिमैत्री नगरपालिकाको लागि इ पेमेन्ट सेवा सुभारम्भ नगरप्रमुख अशोक व्याञ्जुले गर्नुभयो । नगर भित्रका सेवाग्राहीहरुलाई सहज बनाउने उद्देश्यले विहिबार सेवाको समुद्घाटन गर्दै उहाँले आफ्नो सम्पत्ती कर अनलाईनबाट भुक्तानी समेत गर्नुभयो । डिजिटल युगमा सेवा ग्राहिको काम छिटो र छरितो बनाउन अनलाईन कार भुक्तानी सेवा शुरु गरिएको उहाँले जानकारी दिनुभयो । अनलाईन कर भुक्तानी सेवाका लागि तिन वटा कम्पनी समेत सम्झैता गरेर काम सुरु गरेको नगरपालिकाले जनाएको छ । धरान पछि धुलिखेल नगरप
ालिकाले शुरु गरेको इ पेमेन्ट सुभारम्भ कार्यक्रममा नगर उपप्रमुख विमला कुमारी शर्मा चौलागाई वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । नगरपालिका भित्र बजार क्षेत्रमा सिसिटिभि जडान, ठाउठाउमा फ्रि वाइफाइ, मोवाइल एप हुँदै अनलाईन कर भुक्तानी सेवा सम्म आइपुगेको बताइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्