IMG-LOGO

प्रेस प्रमाणपत्र तथा अनलाई नविकरण जिल्लाबाट

 मंगल, मंसिर ३०, २०७७  ---

ं
  सञ्चारकर्मीहरुले प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाईन नविकरण हरेक वर्ष सूचना तथा प्रशारण विभाग काठमाण्डौबाट गर्दै आएकोमा अब केन्द्र्र धाउनु नपर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मंसिर २२ गते बसेको मन्त्रिस्तरको निणर्य अनुसार अब देखि ७७ वटै जिल्लाका हुलाक कार्यालयबाट नविकरण गर्न सक्ने  भएका छन् । यसबाट देश भरका सञ्चारकर्मीहरुलाई  हजारौँ खर्च गरेर नविकरणको लागि केन्द्र धाउनु पर्ने वाध्यता अन्त्य भएको छ । छापाखाना तथा प्रकाश  सम्बन्धी नियमावली, २०४९ को नियम ९ मा प्रेस प्रतिनिधिको प्रमाणपत्रको लागि विभागका महानिर्देशकले प्रमाणपत्र दिन सक्ने ऐन नियम ११ मा महानिर्देशकले प्रमाणपत्र नविकरण गरिदिन सक्ने व्यवस्था रहेको र अनलाईन सञ्चार माध्यम सञ्चालन निर्देशिक २०७३ को दफा ६ को उपदफा १ मा अनलाइन सञ्चार माध्यमले प्रत्येक बर्षको असार मसान्त भित्र विभागमा नविकरण गराउनु पर्ने कानुनी व्यवस्थाको कारण सेवा प्रवाह केन्द्रीकृत भई समय र आर्थिक भारका कारण धेरै अफ्ठयारो भोगिरहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्