IMG-LOGO

राष्ट्रिय संगितकर्र्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न

 मंगल, मंसिर २३, २०७७  ---

 राष्ट्रिय संगितकर्र्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला अधिवेशन अमर कृष्ण चन्दको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्व सम्यत चयन गरेको हो । उक्त कार्यक्रममा कला क्षेत्रमा लागेर समाज विकास र समाज परिवर्तनमा योगदान पुर्‍याउने कलाकारलाई समेत सम्मान गरिएको थियो । चलचित्र विकास वोर्डका अध्यक्ष तथा निर्देशक दयाराम दाहाल, चलचित्र कलाकार संघका केन्द्रीय महासचिव तथा निर्माता विक्रम जंग शाहालाई सम्मन गरिएको थियो । अमर कृष्ण चन्दको अध्यक्षतामा नव निर्वाचित समितिमा बरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा, सचिव मधु लामा, सह सचिव अनिश तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह कोषध्यक्ष विनिता मगर तथा शुभद्रा ढुंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन् । कार्यक्रममा सचिव दिनेश लामाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सविता ढुंगानाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष द्वय अमृत खाटी, उमा श्रेष्ठ, उपमहासचिव गोविन्द दुलाल, सचिव शर्मिला श्रेष्ठ, केन्द्रिय सदस्य राजकुमार हुमागाई, श्री कृष्ण दाहाल  लगायतका कलाकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्