IMG-LOGO

तरुण दल बनेपाको बधाई तथा शुभकामना

 मंगल, बैशाख १९, २०८०  ---

          नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिती काभ्रेको समन्वयमा नेपाल तरुण दल काभ्रे, प्रदेश सभा २(ख) क्षेत्रिय कार्यसमिति र नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको आयोजनामा बधाई, शुभकामना, पद हस्तान्तरण एव कार्यसमिति बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । बनेपाको पाटी भेन्युमा नेपाल तरुण दल प्रदेश कार्यसमिति र बनेपा नगर कार्यसमितिलाई पद हस्तान्तरण तथा मन्त्रीहरुलाई बधाई कार्यक्रम सम्पन्न भएको हो ।

          कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य, नेपाली कांग्रेस बाग्मती प्रदेश संसदिय दलका नेता एवं बाग्मती प्रदेश सरकारको अर्थ मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस निबर्तमान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, बाग्मती प्रदेश महामन्त्री राजु श्रेष्ठ, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति एवं बाग्मती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिचाइ मन्त्री तिर्थ लामा र बागमति प्रदेश पुर्व सांसद नरोत्तम बैद्यको अतिथ्यता र सुधीर बैद्यको सभापतित्व सम्पन्न भएको थियो ।

          नेपाल तरुण दल काभ्रे प्रदेश सभा २ (ख) क्षेत्रिय कार्यसमिति नहकुल केसिको सभापतिमा २१ सदस्य समिति गठन भएको छ । नेपाल तरुण दल बनेपा नगर कार्यसमिति विवेक बैजुको सभापतिमा २१ सदस्य समिति सदस्य गठन भएको थियो । नेपाली कांग्रेस काभ्रे जिल्लाका नेताहरुको उपस्थितिमा नेपाल तरुण दल प्रदेश कार्यसमिति र बनेपा नगर कार्यसमितिलाई पद हस्तान्तरण तथा मन्त्रीहरुलाई बधाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापाले जानकारी दिनु भयो । नेपाली कांग्रेस र तरुण दलका कार्यक्रम तथा गतिविधिहरुमा सक्रिय गराइ समेटेर समावेशी समानुपातिक हिसाबले समिति निर्माण गरिएको नेपाल तरुण दल काभ्रे जिल्ला उप–सभापति बिजेन रंजितले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्