सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्वीकार गरेको छ । हिजो सरकारका प्रबक्ता तथा सञ्ंचार मन्त्री पार्वत गुरुङले सम्बाददाताहरुलाई भने – मनोगत र राजनीतिक पूर्वाग्रह प्रेरित भएको भन्दै नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्वीकार गरेको हो ।
आइतबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने गरी आएको ट्रान्सपरेन्सी इन्टरनेशलको प्रतिवेदनमा समेटिएका विषयवस्तुमा सरकारले प्रश्न पनि उठाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीले संरक्षण गरेको आशय व्यक्त गरेको थियो ।
