बिबिसी हन्ड्रेड विमनको सूचीमा नेपालबाट १८ वर्षीया सपना रोका मगर परेकी छिन् । बिबिसीले प्रत्येक वर्ष प्रेरणादायी र विशेष योगदान दिने प्रभावशाली १ सय महिलाहरू नाम प्रकाशित गर्दै आएको छ । यसवर्ष सपना रोका मगरको नाम यो सूचीमा परेको छ योसँगै धेरै नेपाली मिडियाहरुले उनीसँग सम्बन्धित सामग्रीहरू प्रसारण, प्रकाशन गरेको छन् । म्याग्दी जिल्लाको सामान्य खेती किसान गरेर खान लाउन अभाव नभएको परिवारमा दाइ दिदीहरुको सहित कान्छी छोरीको रुपमा हुर्केका उनी विद्यालय स्तरमा म्याग्दी टप गरेको उनको भनाई छ । पढ्को लागि म्याग्दीबाट बेनी झरेकी उनी साथी संगतिहरुको खराब संगतमा लागेर आमा बुबाहरुलाई ढाँट्दै छल्दै घरका खसी बाख्राहरु बेच्न लगाएर साथीहरुका लागि पैसा उडाए । सानै उमेरमा एउटा सम्बन्धमा बाँधिन र उनले बाँधेको त्यो सम्बन्धलाई सफल बनाउन नसक्दा सडकमा आईन उनले त्यो सम्बन्धलाई कुनै नाम दिन चाहिनन् आमा बुबा सबैको विश्वासलाई गुमाएर तीन महिना सम्म दर्दनाक सडकको जीवन भोगिन् उनको शब्दमा यही भोगाइको अनुभूतिले सडकका जो कोहीलाई मानवीय सहयोग , सम्मान दिन मद्दत गरेको हो ।
यस क्रममा धेरै उनले कुराहरूको उजागर गरेका छन् । किशोर अवस्थाका केटाकेटीहरूमा देखापर्ने मानसिक अवस्था जुनबेला आफ्नो घर परिवार अभिभावक भन्दा आफ्नो साथीहरुसँग नजिक हुन्छन् । उनीहरुले भनेका कुरा नै ठीक लाग्छ त्यसैले किशोर अवस्थामा साथी समूहको संगतले उनीहरुको जीवनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यो रुमानी उमेरका सपना, खराब साथीहरू संगत, अरुलाई गरिने छिटो विश्वास गर्ने प्रबृतिका कारण कसरी सडकसम्म पुग्छन् ? विशेष गरी आफ्नो थाँतथलोबाट अन्य ठाँउमा पुगेका धेरै केटाकेटीहरूमा यस्ता समस्याहरूको सिकार हुन्छन । आफ्नो समाज समुदाय एउटा मूल्य मान्यतामा बाँधिएको परिस्थितीबाट उम्केर उन्मुक्त हुनपुगेका यस समूहका केटाकेटीहरूमा स्वतन्त्रताको मोहसँगै दुवर््यसन अल्लारे प्रेम ,सपनाका उडान, साहस ,दुस्साहस सब कुराहरु गर्न तत्पर हुन्छन् । सपनाका खुल्ला जीवन कथाले हामी सबलाई यही अमूल्य शिक्षा दिएको छ ।
असल हृदय र थुप्रै संभावना भएका यस उमेरका असंख्य केटाकेटीहरु खराब संगतमा परेर बिग्रन सक्छन् । आफ्नो जन्मस्थान छोडेर हिँड्न बाध्य किशोर किशोरीहरु जसको नजिक अभिभावकहरू हुँदैन । आफ्नै ठाउँमा सरल गरेर जीविकोपार्जन गर्ने सोझा अभिभावकहरुका जीवनका बलियो भरोसाका सन्तानहरू देहव्यापार ,अवैध वस्तुहरूको ओसारपसार, दुवर््यसनी, जस्ता खराब संगतको फन्दामा परेका छन् । यस्ता घटनाहरु सहर र सहरोन्मुख क्षेत्रमा , दिनहुँ जस्तो भेटिन्छ । विद्यालय तहमा यस्ता समस्याहरु प्रशस्त छन् । जुन कुराहरुले विद्यालय स्तरको पठन–पाठन र शैक्षिक उपलब्धिमा प्रत्यक्ष असर पारेको छ । यहाँ सपना रोका जस्ता कुनैबेला दुःखद जीवनका किस्सा भोग्ने सपनाहरु धेरै छन् तर एकदमै थोरैले मात्र यो खराब जीवनको खाडलबाट उम्केर उज्यालोतिर हिड्ने सौभाग्य पाउँछन् ।
हरेकसँग राम्रो र नराम्रो पाटोहरु दुबै हुन्छन् । हरेक अँध्यारो भित्र उज्यालो पनि हुन्छ । गलत काम गरेर हैरान गर्ने केटाकेटीहरुलाई पनि गरेका छन् सकारात्मक तरिकाले व्यवहार गर्नुपर्ने रहेछ । पत्यार लाग्दो गालि वेवास्ता, घृणा मात्र होइन ,उनीहरुलाई पनि उत्तिकै सद्भाव प्रेम आवश्यक छ । प्रत्येक जीवन एउटा किताब हो जसलाई पढेर जीवनका समस्यालाई समाधान गराउन शिक्षकहरूलाई प्रेरित गरेको छ ।
बीबीसी जस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चारमाध्यमले सपना रोकाले गरेका कामलाई सम्मान गरेर उनका सत्कर्म साहस दृढता जीवनका भोगाई ,सकारात्मक सोच महान हृदयलाई उच्च सम्मानका साथ ठाउँ दियो यसले पक्कै पनि सपना मात्र होइन धेरैलाई हरेक ठाउँमा मानवीय कार्यमा लाग्नको लागि प्रेरणा दिएको छ ,र आम सञ्चारमाध्यमहरुलाई आम सञ्चार विषयवस्तुहरू सधैं सफल व्यापारी राजनीतिकर्मी उद्यमी वैज्ञानिक लेखक साहित्यकार खेलाडीहरु, कलाकारका वरिपरी मात्र हुँदैन हाम्रै वरिपरी देखेका भोगेका अरुले नदेखेका असल र अमूल्य कुराहरु पनि धेरै हुन्छन् । सञ्चारमाध्यमले यसलाई उजागर गर्नु पर्छ । यही सञ्चार कर्मको धर्म हो । जसरी थोपा थोपा पानीले घडा भर्छ त्यसैगरी साना साना असल कर्महरुका प्रयासहरुले समाजका सबै क्षेत्रलाई माथि उठाउँछ । हामीले देखिरहेका छौं बलात्कार हिंसा डकैती छलछाम आदि क–कस्को संरक्षणमा भइरहेका छन् कुकर्महरु कसरी प्रस्ताहित भईरहेका छन् ?
यो स्वभाविक हो विभिन्न परिस्थितीको कारणले मान्छे खराब र मुढ जस्तो देखिन सक्छन् , तर ती सधैं एउटै हुँदैन । व्यक्तिका खराब र नराम्रो पाटोलाई सधैं समाएर कोट्याईरहनु हुँदैन। सबै चीजहरु परिवर्तनशिल छन् । व्यक्तिको लागि आफन्तको विश्वास गुमाउनु भयानक दुःख हो ।तर अरुले विशाल मान्छेका हृदय पनि परिवर्तनशिल हुन्छन् भनेर सोचिदिनु पर्छ । यो अवसर सबैले पाँउदैन । हामी भित्रका चेतना शिक्षाको विकासले राम्रोलाई राम्रो देख्न र नराम्रोलाई नराम्रा देख्न सहयोग गर्छ । सपना ! तिमीले भन्ने भन्ने साहस गर्यो कि ‘म आफ्नै कर्मले सडकमा पुगे’ अरुलाई दोष दिएनौ । तिमीले त्यहीँ सडकमा पुण्यकर्मलाई भेट्टायोैे विनय बस्नेतलाई बुबाको रुपमा असल नाता भेट्टायौ किनकी तिमी स्वयं असल छौं । तिमीले सडकका वेवारिसे लासहरु उठायो तिनीहरूलाई सद्गत ग¥यौ । तिमीभित्र त्यो कुशल चैतसिक प्रवाह रहेछ जसले तिमीले सडकबाटै आफूलाई माथि उठायो तिमीले सरकार, अभिभावकहरू शिक्षकहरु सञ्चारकर्मीहरुलाई सिकायौ । विश्वलाई नेपाली महिलाको प्रेरणादायी र पवित्र हृदयलाई चिनायौ । तिमीलाई सलाम छ !
